पोखरा/ पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ ।
मञ्चको उपाध्यक्षतामा तारा देवी पहारी, सचिव गुरुदत्त पहारी र कोषाअध्यक्षमा गौमाया थापा मगर चयन भएकी छन । समितिको सदस्यहरुमा टेक बहादुर भण्डारी, कृष्णबहादुर परियार, हरिशचन्द्र पहारी, चुडामणी अधिकारी, बाटुली पहारी, टिकाराम परियार, जमुनादेवी पहारी, गंगा वहादुर भुजेल, कृष्ण कडेल, चाउरे जलारी, कृष्णबहादुर खडका, लक्ष्मी भुजेल, हरिकला पहारी, नन्दकुमारी श्रेष्ठ, शिवराज आर्चाय र उमा देवी तिमिल्सिना चयन भएका छन ।
भेलाले वडाध्यक्ष विष्णुबहादुर भट्टराईको अध्यक्षतामा वडा सदस्यहरु बासु बाराल, दिपेन्द्र पहारी, पबित्रा थापा, शोभाजालारी र वडा सचिब कुलराज पौडेलसहित पत्रकार गणेश पहारी, प्रशुराम पहारी, होमनाथ पहारी, सूर्यनाथ पहारी र लक्षण थापा रहेको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको पोखरा महानगर पालिका वडा नं– ६ वडा सदस्य बासु बरालले जानकारी दिए ।





