बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राष्ट्रहितका लागि एमालेको जीत आवश्यक : गुरुङ

राष्ट्रहितका लागि एमालेको जीत आवश्यक : गुरुङ


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७९, शुक्रबार

बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रियताको रक्षाका लागि आगामि निर्वाचनमा एमालेको जीत अपरिहार्य रहेको बताएका छन् । अहिले गठबन्धनमा रहेका दलहरु राष्ट्र र राष्ट्रियताप्रति इमान्दार नरहेको भन्दै गुरुङले नेपालको संबिधानले परिकल्पना गरेको समाजबादको आधार तयार गर्न समेत एमालेले जित्नै पर्ने जीकिर गरे ।

‘यो देशमा नेपाली कांग्रेस पराजीत हुँदा मात्रै समाजबादको आधार तयार हुन्छ, जवसम्म गठबन्धनका नाममा अन्य दलहरु समेत उसको पछि लाग्छन्, तवसम्म नेपाली जनताले रोज्ने एमाले मात्रै बाँकी रहेको छ’ गुरुङले ‘नेपाली समाजको परिवर्तन समाजबादको स्थापना हो, पुँजीबादको वकालत गर्ने कांग्रेस र उसका पछि लागेका कम्युनिष्ट नाम दिएका दलहरुले त्यो बाटो हिँड्न सक्दैनन् ।’ प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले स्पष्ट बहुमत ल्याउने भन्दै गुरुङले स्थानीय तहको निर्वाचमा एमालेले पाएको पपुलर मतलाई आधार मानेर बाँकी मेहनत गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेकपा एमाले बागलुङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार बागलुङ बजारमा सम्बोधन गर्दै गुरुङले मंसिर ४ गते नेपाली राष्ट्रियताको रक्षाका लागि महत्वपूर्ण दिन मन्ने बताए । ‘पछिल्लो एक वर्षे कार्यकालमा पनि एसपीपीजस्तो अमेरिकी सैनिक खडा गर्ने घातक सम्झौता, बिचौलिया राखेर बजेटमार्फत व्यापारीलाई पोस्ने, हतियार किनेर कमिसन खाने आदि काममा गठबन्धनको सरकार लिप्त छ, उनीहरु मुलुकका लागि समस्या मात्रै हुन्’ गुरुङले भने ‘हामी रचनात्मक रुपमा आफ्ना कामहरु गर्छौं, देश बिकास, राष्ट्रियता र राष्ट्रिय पुँजी निर्माणका लागि एमाले मात्रै जिम्मेबार पार्टी हो ।’

गुरुङले पार्टीका कार्यकर्ताहरुले सिद्धान्त र बीचारमा विश्वास राख्नुपर्ने बताए । देशमा उत्पादन नबढ्दासम्म राष्ट्रिय पुँजीको बिकास नहुने र राष्ट्र बलियो नभएसम्म राष्ट्रियता कमजोर रहने भन्दै उनले बिदेशी कम्पनीको सामान बेचेर कमिसन खानेहरु सत्तामा रहँदासम्म जनबिकास सम्भव नरहेको बताए ।

देशमा बिदेशी हस्ताक्षेप बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘कांग्रेस र उसका पछाडी लागेहरु छिमेकी भारत र अमेरिकको हित चाहन्छन् त्यसैले अहिले बिदेशी हस्ताक्षेप बढेको छ’ उनले भने ‘फेरी निर्वाचन उनीहरुलेनै जीते भने यो हस्ताक्षेप चरम उत्सकर्षमा पुग्छ ।’

कार्यक्रममा एमाले सचिव पद्मा अर्यालले लैनचौरमा रहेको भारतीय राजदुतबासले नेपालको सरकारमा रहेका मन्त्रीको हेरफेर गर्ने गरेको आरोप लगाईन् । ‘लैनचौरकै कारण सरकार बन्ने र ढल्ने गरेको छ, त्यसैले हाम्रो निर्वाचन महंगो र भड्किलो हुँदै गएको छ’ अर्यालले भनिन् । नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजवादी सैद्धान्तीक विसर्जनको बाटोमा लागेको भन्दै उनले कांग्रेसको पछि लागेर समाजबादको वकालत नगर्न आग्रह गरिन् ।

निर्वाचनमा जाँदा गठबन्धन गर्नु उनीहरुको कुनै उद्देश्य नभई एमाले हराउने मात्रै एजेण्डा भएकाले जनताले बिचार गर्ने उनले दावी गरिन् । ‘देशमा जडसुत्रबादी, क्रान्तिकारी र बिसर्जनबादीहरुको ध्रुविकरण भएको छ’ अर्यालले भनिन् ‘माओबादी, समाजबादीहरु बिसर्जनको पक्षमा छन्, मोहन बैद्यहरु जडसुत्रबादी भएर बसेका छन्, एमाले मात्रै क्रान्तिको बाटोमा छ ।’ देशमा मुर्छित बिकासलाई जगाउन र समाजबादको सपना पुरा गर्न पार्टीको पक्षमा जनलहर सिर्जन ागर्न उनले कार्यकर्तालाई आग्रह गरिन ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य गोबिन्द नेपाली, इन्द्रलाल सापकोटा, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन प्रसाद रेग्मी लगायतले बिभिन्न बिषयमा प्रशिक्षण दिएका थिए । जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पुनको स्वागत र सचिव बिष्णु भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->