पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालको संविधानमा महिलालाई धेरै अधिकार दिएको बताउँदै कार्यान्वयन जोड दिएकी छन् । लायन्स क्लब डिस्ट्रिक ३२५ एमले आयोजना गरेको तिज फेलोसीप कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले भनिन् ,‘हिजोका दिनमा महिलाहरुलाई धेरै अप्ठयारो थियो ।
महिलाहरुलाई माइत जान तीज आउनुपथ्यो । त्यसपछि अनुमति चाहिन्थ्यो । अव त्यस्तै अवस्था छैन । विभिन्न राजनीतिक आन्दोलनका कारण महिलाका अधिकार संविधानमा स्थापित भएका छन् । ती अधिकार कार्यान्वयमा जोड दिनुपर्छ ।’
उनले अब विगतमा जस्तो अधिकारको आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउदै प्राप्त अधिकारको कार्यान्वयन गरेर समृद्धिका गीत गाउनुपर्ने धारणा राखिन् । कार्यक्रम संयोजक दुर्गाकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उमानाथ बराल, चण्डीप्रसाद अर्याल, धनीराम बराल, सुशीला कोइरालालगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन खिमा गुरुङले गरेकी थिइन् ।





