पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष एवम् पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी निर्वाचनमा बहुमतको सरकार नआउने भएको बताए । उनले राजनीति समस्याको समाधान लिएर आउनुपर्नेमा समस्या लिएर नआएको बताए ।
प्रेस चौतारीको आयोजानामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताए ।
एमाले अहिले अफ्टेरोको बाबजुत पनि निर्वाचनको तयारीमा जुटेको बताउँदै उनले पार्टीभित्र भएको विभाजनको अवस्था र एक साथको गठबन्धनसँग चुनाव लड्न पर्ने स्थितिआएको धारणा राखे । ‘अब बहुमतको सरकार हुने देखियो ।
राजनीतिक समस्याको समाधान लिएर नआई निर्वाचन घोषणा गर्दा बहुमतको सरकार हुने सम्भावना देखियो’ उनले भने,‘गठबन्धनलाई परास्त गर्नुको विकल्प छैन् ।
गठबन्धन मुलुको हितमा गरेको हो की के का लागि गरेको हो त्यो बुझ्न सकिएन । अहिलेको गठबन्धनले देशलाई थप संकटतर्फ लिएर जाने देखियो ।’
पाण्डेले पोखरामा बनेको अन्तराष्ट्रिय विमानस्थल आफ्नो कारणले बनेको बताए । आफु नभएको भन पोखरामा अन्तारष्ट्रिय विमानस्थल नबन्ने प्रतिक्रिया समेत दिए ।
आगामी निर्वाचनमा युवा र बालबालिका लक्षित गरेर घोषणापत्र पार्टीले बनाउने तयारी गरिरहेको उनले सुनाए ।





