पोखरा/ केशवराज ढुंगानाको संयोजकत्वमा पोखरा महानगरपालिका वडा २६ मा कृषि संजाल गठन गरिएको छ ।
केशवराजको संयोजकत्वमा २१ सदस्यीय संजाल गठन गरिएको हो । संजालको सह–संयोजकमा देवी ढुंगाना, सचिवमा इश्वर राज भण्डारी, सह–सचिवमा सावित्री ढकाल तिवारी र कोषाध्यक्ष कमल रानाभाट रहेका छन् ।
सदस्यमा इश्वरी प्रसाद अधिकारी, टंक प्रसाद सिग्देल, संजिव राजभाट, बिष्णुमाया बस्ताकोटी, डेट प्रसाद पनेरु, सूर्य प्रसाद बञ्जरा, प्रमोद थापा, बलराम सापकोटा, पदम बहादुर बि.क, सागर बराल, बद्रीनाथ भण्डारी, धरणीधर बराल, चित्रमाया पोखरेल अधिकारी, बेल कुमारी न्यौपाने, सुकुमाया राजभाट र इन्द्र सुवेदी रहेका छन् ।
भेलालाई सम्वोधन गर्दै पोखरा महानगरपालिका वडा २६ का वडाध्यक्ष नरेन्द्र थापाले कृषिका लागि प्राप्त हुने अनुदान लक्षित वर्गमा नपुगेको गुनासो आएको बताउदै, सचेत हुन आग्रह गरे ।
अध्यक्ष थापाले प्रविधिको प्रयोग गरी उत्पादनको बृद्धिमा जोड दिनु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले सूचनाको अभावमा वास्तविक कृषक अनुदानको पहुँच भन्दा बाहिर पुगेको उल्लेख गर्दै, संजालले सबैलाई जोड्न आग्रह गरे ।
संजालका अध्यक्ष धर्मदत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, वडा सचिव मिना भट्टराई भण्डारी, वडाका कर्मचारी लिलामणि भण्डारी, नवराज सापकोटा र नवनिर्वाचत संयोजक केशवराज ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।





