पोखरा/पोखरा महानगरपालिका १६ दिपमा शुक्रबार राती नालीमा खसेर बगाउँदा ११ वर्षे बालकको मृत्यु भएको छ ।
शुक्रबार राति साढेँ ८ बजेको समयमा आमा र दिदीसँगै तिज मनाएर घर फर्कर्दै गरेका ११ वर्षे रविन तिवारीको नालाले बगाएर मृत्यु भएपछि स्थानीयले लामाचौर जाने सडक अवरोध गरेका हुन् ।
उनीहरुले ठेकेदारले समयमा काम सम्पन्न नगर्दा बालकका नालीमा खसेर ज्यान गएको आरोप लगाउँदै बाटो बन्द गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार चिप्लिएर नालामा खसेपछि रविन वेपत्ता भएका थिए ।
उनको शरिर करिब ५ सय मिटर तल मृत अवस्थामा भेटिएको खड्काले जानकारी दिए ।





