शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

निर्वाचनको सरगर्मी : कांग्रेस स्याङ्जामा १०१ जना सांसद आकांक्षी

निर्वाचनको सरगर्मी : कांग्रेस स्याङ्जामा १०१ जना सांसद आकांक्षी


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७९, बिहिबार

स्याङ्जा/ आगामी मङसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि स्याङ्जामा सरगर्मी बढेको छ । दलहरुले केन्द्रको निर्देशन अनुसार उम्मेदवार चयन गर्ने प्रक्रिया अगाडी बढाएसगै सरगर्मी बढेको हो ।

दुई संघ र चार प्रदेश निर्वाचन क्षेत्र रहेको स्याङ्जामा नेपाली कांग्रेसबाट प्रत्यक्ष र समानुपातिकका लागि १०१ जनाले सांसदमा आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिले संघ र प्रदेशका लागि उम्मेदवार छनौट गरी पठाउन परिपत्र गरेपछि सांसद बन्ने दौडमा आकांक्षीहरु धेरै देखिएका हुन् । संघ र प्रदेशबाट प्रत्यक्षमा एक महिलासहित तीन जना र समानुपातीकमा एक महिलासहित दुई जना सिफारिस गरि पठाउनुपर्ने केन्द्रीय समितिले निर्देशन गरेको थियो । स्याङ्जाबाट ३० जनाको नाम केन्द्रको परिपत्र अनुसार सिफारिस हुनुपर्नेमा आकांक्षीको संख्या १०१ पुगेपछि ७१ जनाको नाम हटाउन क्षेत्र र प्रदेशलाई कठिन भएको छ ।

स्याङ्जा क्षेत्र नम्वर १ बाट प्रत्यक्ष संघीय सांसदका लागि आठ जना, समानुपातिकका लागि तीन र क्षेत्र नम्वर २ बाट १० जना प्रत्यक्ष, ४ जनाले समानुपातिकमा आकांक्षा देखाएको नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालले बताए । यस्तै स्याङ्जा क्षेत्र नम्वर १ को प्रदेश (क) बाट प्रत्यक्षमा नौ जना र समानुपातिकबाट आठ जनाले आकांक्षा देखाएका छन् भने प्रदेश (ख) बाट प्रदेश सांसदका लागि प्रत्यक्ष आठ र समानुपातिकबाट गरि १४ जनाले आकांक्षा देखाएका छन् ।

क्षेत्र नम्बर २ (क) बाट आठ जना प्रत्यक्ष र समानुपातिकमा ११ जनाले आंकाक्षा देखाएका छन् भने क्षेत्र नम्बर २ (ख)बाट आठ जनाले प्रत्यक्ष र समानुपातिकमा १० जनाको दाबी रहेको छ । यहाँ केन्द्रीय उपसभापति धनराज गुरुङ्, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र युवा उद्यमी खुमाप्रसाद अर्यालले दुवै क्षेत्रमा संघीय सांसदका लागि नाम दर्ता गराएका छन् । गुरुङ र श्रेष्ठको क्षेत्र नम्वर १ बाट समानुपातिकमा पनि नाम दर्ता भएको छ । यहाँ प्रदेश सांसद मेखलाल श्रेष्ठले क्षेत्र नम्बर १ क र भगवतप्रकाश मल्लले क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवारका आकाक्षा राखेका छन् ।

यता, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजबादी लगायतका दलहरुले पनि उम्मेदवार छनोट प्रक्रियामा आन्तरिक तवरबाट लागेका छन् । केन्द्रको परिपत्र अनुसार चाडैनै उम्मेदवारको नाम छनौट गरेर केन्द्रमा पठाउने माओवादी केन्द्रका संयोजक प्रकाश न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->