स्याङ्जा/ आँधीखोला गाउँपालिका २ चिलाउनेबासमा प्रहरी चौकी निर्माण गरिएको छ ।
दुई करोड चार लाख नौ हजार ४५२ रुपैयाँ लागतमा बनेको भवनको शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालका प्रमुख डीआइजी रामदत्त जोशीले उद्घाटन गरे ।
नवनिर्मित तीन तले भवनको तल्लो तलामा कार्यालय, शौचालय र बाथरुमसहितको हिरासत र गार्ड कक्ष रहेको छ । भवनसँगै अर्को खाना खाने कोठा पनि बनेको छ । पहिलो तलनमा महिला तथा पुरुष ब्यारेक रहेको छ भने दोस्रो तलामा चौकी प्रमुखको आवास र संचार कक्ष रहेको छ ।
भवनको उद्घाटन गर्दै डिआइजी जोशीले प्रहरीले निश्पक्ष ढंले न्याय सम्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्व पौडेल, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजीवबहादुर बस्नेतलगायतले बोलेका थिए । सिद्धबाबा निर्माण सेवा वालिङले भवन निर्माणको जिम्मेवारी पाएको थियो ।





