शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाबाट एमालेले ९२ जना उम्मेदवार सिफारिस गर्यो

स्याङ्जाबाट एमालेले ९२ जना उम्मेदवार सिफारिस गर्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७९, शुक्रबार
नेकपा एमाले जिल्ला पार्टी कार्यालय ।

स्याङ्जा – नेकपा एमाले स्याङ्जाले आसन्न संघीय तथा प्रादेशिक निर्वाचनका लागि ९२ जना सिफारिस  भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र गण्डकी प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा बसेको क्षेत्रगत बैठकबाट सिफारिस भएर आएका आकांक्षी उम्मेदवारलाई गण्डकी प्रदेश समितिमा सिफारिस पठाएको एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिए।

अध्यक्ष गैह्रेका अनुसार, स्याङ्जाको २ निर्वाचन र ४ प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ४२ जना र समानुपातिकतर्फ ५० जना आकांक्षी छन्।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा नारायणप्रसाद मरासीनी, मिनप्रसाद गुरुङ र प्रा.डा. गणेशमान गुरुङ्को नाम छ। मरासीनी प्रतिनिधिसभाका बहालवाला सांसद र गुरुङ् प्रदेशसभा सांसद हुन। प्रा.डा. गुरुङ केन्द्रीय सल्लाहकार हुन्। यसैगरी, समानुपातिकतर्फ सीता सुन्दास, ध्रुव अधिकारी, इस्लाम मिया र गुणाखर सापकोटा रहेका छन्।

क्षेत्र नं। २ तर्फ पदमा अर्यालको मात्र नाम सिफारिस भएको छ। यसअघि किशोर बिक्रम मल्ल र मोहन रेग्मीले पनि नाम दर्ता गराएका थिए। मल्ल केन्द्रीय सदस्य हुन् भने रेग्मी प्रदेश सांसद हुन्। अर्याल पूर्वमन्त्री र नेकपा एमालेका सचिव हुन्।

समानुपातिकतर्फ चक्रबहादुर पराजुली, मुक्तिप्रसाद पाठक र कुलबहादुर विकको नाम छ।

प्रतिनिधिसभा १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ १४ जना र समानुपातिकमा ६ जना छन्। प्रत्यक्षतर्फ दिपक लम्साल, चुनप्रसाद शर्मा, मनोरथ शर्मा, खिमानन्द सिग्देल, सन्तोष केसी, बिष्णुबहादुर चन्द, तारापती शर्मा, झनमाया पराजुली, दुर्गादत्त भुषाल, डिलकुमार भुजेल, प्रकाश थापा, यादवराज शर्मा, सगुन राना र रामचन्द्र रेग्मी हुन्।

९ख० तर्फको  प्रत्यक्षमा सुधिरकुमार पौडेल, यज्ञप्रसाद पौडेल, ई। ओम शर्मा, अर्जुनकुमार सुनाम, पुष्पराज बराल, अनन्तकुमार श्रेष्ठ, मोतीप्रसाद पौडेल, कमला मरासीनी, मनोज खड्का, अन्जनी सापकोटा र कृष्णबहादुर केसीगरी ११ जना आकांक्षी छन्। समानुपातिकतर्फ पनि १० जनाले इच्छा प्रकट गरेका छन्।

प्रतिनिधिसभा २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ।

प्रत्यक्षतर्फ मोहन रेग्मी, उदय श्रेष्ठ, ऋषिराम कडेल, पुण्यप्रसाद अर्याल, छवीलाल भुषाल, आनन्द पाठक, शोभाकान्त पौडेल, दामोदर तिवारी र गिरप्रसाद गुरुङ् छन्।
(ख) को प्रत्यक्षतर्फ किशोरबिक्रम मल्ल, शोभियत ढकाल, बुद्धिमान श्रेष्ठ र टंक पाण्डेगरी ४ जना र समानुपातिकमा ११ जनाको नाम शिफरिस गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्य समिति स्याङजाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->