पोखरा / गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमै कर्मचारीले विरोध गरेका छन् ।
मन्त्रालय परिसरमै नाराबाजी सहित धर्ना दिएपछि प्रहरीले ५ जना कर्मचारीलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल, कर्मचारी चन्द्रकान्त तिमिल्सिनालगायत रहेका छन् ।
गण्डकी प्रदेशले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै गण्डकीका स्थानीय तहका कर्मचारीले आन्दोलन गरेका हुन् आइतबार उनीहरुले निषेधाज्ञा भित्रै धर्ना सहित नारावाजी गरेका हुन् ।







