शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘कपडा बैंक’लाई जेसिजको सहयोग

‘कपडा बैंक’लाई जेसिजको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७९, सोमबार

बेनी/म्याग्दी जेसिजले बेनी नगरपालिका–७ ले स्थापना गरेको ‘कपडा बैंक’लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको नेतृत्वको टोलीले वडा अध्यक्ष रमेशुकमार श्रेष्ठलाई आइतबार एक सय थानभन्दा बढी कपडा उपलब्ध गराएको हो ।

जेसिजका सुनिता बेल्वासेको संयोजकत्वमा समिति बनाएर पदाधिकारी, सदस्य र बजारका व्यापारीहरुबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा संकलन गरिएको थियो । घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना भएको थियो ।

कपडा बैंकबाट प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । वडाध्यक्ष श्रेष्ठले ‘कपडा बैंक’मा प्रयोग योग्य लत्ताकपडा संकलन भइरहेको बताए । ‘आवश्यक गर्नेले बैंकमा आएर आफू खुसी रोजेर लुगा लान सक्छन्’ वडा अध्यक्ष श्रेष्ठले भने,‘वडा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । दिनेको नाम सार्वजनिक गर्छौ ।’
वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि राखिएको छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहेपनि सफा र प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन सकिने वडा सचिव विनिता रेग्मीले बताईन् ।अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति १ हजार सहयोग गरिसकेको छन् ।

विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसम जिकिंदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यर्हाेनु नपरोस् भन्ने उद्देश्यले लत्ताकपडा संकलनलाई तिब्रता दिएका छन् । बेनी नगरपालिका–७ ले विपन्नको मृत्युपछि अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउन थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->