शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सिस्नेपानीमा आधारभूत स्वास्थ्य केन्द्र

सिस्नेपानीमा आधारभूत स्वास्थ्य केन्द्र


  • ढोरपाटन संवाददाता
  • असोज २ २०७९, आइतबार
अर्जुन चौपारी गाउँपालिका १ सिस्नेपानीमा आधारभूत स्वास्थ्य केन्दको स्थापना गरिँदै । तस्वीर : अर्जुन काफ्ले

स्याङ्जा/ गाउँमै आधारभूत स्वास्थ्य केन्द्र पुगेसँगै अर्जुन चौपारी १ सिस्नेपानी क्षेत्रका स्थानीय नागरिक हर्षित भएका छन् ।

अर्जुन चौपारी बजारमा साढे २ वर्ष पहिले बनेको स्वास्थ्य केन्द्र पायक पर्ने सिस्नेपानी पुगेपछि स्थानीय हर्षित भएको मनकामना महिला कृषक समूहकी अध्यक्ष रुपा घिमिरेले बताइन् ।

नजिकै स्वास्थ्य केन्द्र बनेपछि सामान्य ज्वरो,घास काट्न जाँदा लाग्ने घाउको उपचार गर्न अर्जुन चौपारी, स्याङ्जा बजार, बयरघारी जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । स्वास्थ्य केन्द्रबाट साविक अर्जुन चौपारी गाविस १, २, ३ तथा पुतलीबजार नगरपालिका १३ मैनीखामाका नागरिकहरु लाभान्वित हुने भएका छन् ।

पुतलीबजार नगरपालिका १३ का वडा सदस्य सूर्यबहादुर रोकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापनापश्चात गरीब र निमुखाले न्याय पाएको बताए ।

स्थानीय समाजसेवी बोधनारायण रेग्मीले नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै पुरानो माग अनुसार सबैलाई पायक पर्ने ठाउँमा सेवा केन्द्र राखिएको धारणा राखे । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले नागरिकको हितमा हुने गरी वडाको मध्य भागमा स्वास्थ्य सेवा केन्द्र सारिएको बताए । बिगतमा पाँचै वर्ष जनप्रतिनिधिले राजनीतिमात्र गरेको आरोप लगाउँदै अध्यक्ष तिवारीले आफ्नो कार्यकालमा पालिकाको हरेक क्षेत्रको विकासमा कुनै कसर नराख्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रसासकीय अधिकृत उज्वलबहादुर बस्नेत, नेपाली कांग्रेस जिल्ला सदस्य बोधनारायण रेग्मी, नेकपा एमालेका वडाध्यक्ष मीनबहादुर खड्का, राप्रपा नेपालका भिमबहादुर गोदार, स्थानीन समाजसेवी तोयनारायण रिजाल लगायतले बोलेका थिए ।मनकामना महिला कृषक समूहको भवनमा स्थापना गरिएको आधारभूत स्वास्थ्य केन्द्रमा अहेब, अनमी र कार्यालय सहयोगीसहित तीनजना कर्मचारी रहने छन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->