शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरा महानगरपालिकालाइ रेडक्रसको सहयोग

पोखरा महानगरपालिकालाइ रेडक्रसको सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७९, सोमबार

पोखरा – नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले पोखरा महानगरपालिकालाइ विपद् व्यवस्थापन सम्बन्धि सामग्री हस्तान्तरण गरेको छ ।

रेडक्रस कास्कीले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामग्री हस्तान्तरणका साथै कार्यालय स्थापना गरेको छ ।

ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा पोखरा महानगरपालिकालाई सहरको प्रकोप प्रतिरोधात्मक क्षमता बढाउने प्रयासमा हस्तान्तरण गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनका लागि एकीकृत योजना निर्माण गरिरहेको बताए ।

प्रमुख आचार्यका अनुसार महानगरको आपत्कालीन प्रतिक्रिया प्रणालीलाई एउटै स्थानबाट नियन्त्रण गरी कुनै पनि किसिमको विपद् परेमा तत्कालै राहत तथा उद्धार कार्य सञ्चालन गर्ने गरी निरन्तर तयारी अवस्थामा राख्नु यसको उद्देश्य रहेको छ ।

साथै कार्यालय व्यवस्थापन र सूचना प्रविधिको पूर्ण उपयोग गर्दै रेडक्रससँगको सहकार्यमा विपद् जोखिम सिकाइ केन्द्र सञ्चालन गरिने उनले बताए ।

यस्तै रेडक्रस सोसाइटीले शहरी उत्थानशिलता निर्माण कार्यक्रम र उत्थानशिल जिविकोर्पाजन कार्यक्रम समेत सञ्चालन गरेको छ ।

उक्त कार्यक्रम अन्तरगत महानगरभित्रका वडा नं. ६, १३ र १८ को सहकार्यमा ५० जनालाइ शर्त सहित नगद अनुदानको पहिलो किस्ता प्रदान गरिएको छ ।

कार्यक्रम अन्तरगत २४ जनालाई बाख्रापालन, २१ जनालाई कुखुरापालन र ५ जनालाई सिलाई पसल संचालनको लागि शर्त सहितको अनुदान प्रदान गरेको हो ।

यस्तै २२ जनालाइ विभिन्न सिप मुलक तालिमको लागि गण्डकी ट्रेकनिकल ट्रेनिङ सेन्टरमा तालिम संचालन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->