शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

चाडपर्व लक्षित गर्दै लेखनाथको सुरक्षाबारे छलफल

चाडपर्व लक्षित गर्दै लेखनाथको सुरक्षाबारे छलफल


  • महेन्द्र ढुङ्गाना
  • असोज ७ २०७९, शुक्रबार

पोखरा पोखरा महानगरपालिका वडा नंं २६ वडा कार्यालयले चाडपर्व लक्षित शान्ति सुरक्षाका विषयमा सरोकारवालहरुसँग बिहिबार छलफल कार्यक्रम गरेको छ ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारीले चाडपर्वको समयलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई आग्रह गरे ।

उनले उपभोक्ताहरु चाडपर्वमा बढी ठगीन सक्ने भन्दै सचेत हुनुपर्नेमा जोड दिए । उपभोक्ताहरु बजारमा अखाद्य बस्तुको बिक्री वितरण, कम गुणस्तरिय सामाग्री र चर्को मुल्यको मारमा पर्न सक्ने भन्दै बजार अनुगमनलाई तिव्रता दिन समेत आग्रह गरे ।

इलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले चाडपर्वमा लामोसमयसम्म घरवाहिर रहने, घरमा चावी लगाएर लामो विदा परिवार सहित घुम्न जाँदा चोरीका घट्ना बढ्न सक्ने उल्लेख गरे ।

दाहालले चोरी र अपराधका घट्ना नियन्त्रण गर्न समुदाय र प्रहरीका विचमा सहकार्य आवश्यकता रहेको बताए । अपराध नियन्त्रणका लागि वित्तिय संस्था, बढी भिडभाड र आर्थिक कारोबार हुने व्यवसाय, चोकहरुमा सिसि क्यामेरा जडान गरी निगरानी बढाउनुपर्ने उनको भनाइ रहेको छ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासी र व्यवसायको सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।

उनले सवै बित्तिय संस्था र व्यवसायीहरुले सिसि क्यामेरा जडान गरेर सम्भावित अपराध नियन्त्रणमा सहयोग गर्न आग्रह गरे ।

चाडपर्व लक्षित गरी वडा कार्यालयले सार्वजनिक स्थल, चोक, मठमन्दिर, मुख्य राजमार्ग र भित्री बजार तथा सडकहरुमा पनि निगरानी बढाईने उल्लेख गर्दै, वडाको अभियानमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

राजमार्गमा हिट एण्ड रनका घट्ना हुने गरेको उल्लेख गर्दै, त्यस्ता घटनाका दोषी पत्ता लगाउन पनि सिसि क्यामेरा प्रभावकारी हुने बताए ।

उज्यालो वडाका लागि महानगरपालिका र विद्युत वितरणकेन्द्रसँग समन्वय भइरहेको समेत अध्यक्ष थापाले त्यस अवसरमा जानकारी दिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बजार व्यवस्थापन समितिले स्थानीय प्रशासन र वडासँग सहकार्य गरी बजार सुरक्षा योजना बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले बजारका समस्या, सुरक्षा चुनौती र सहकार्यका क्षेत्रका बिषयमा आफ्ना धारणाहरु राखेका थिए ।

वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, वडासचिव मिना भट्टराई भण्डारीले लगायतले आफ्नो भनाइ राखे ।

ईलाका प्रशासन कार्यालय लेखनाथका कार्यालय प्रमुख कमलराज भण्डारी र हंसपुर इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश दाहाललाई सम्मान समेत गरिएको छ ।

आफ्नो गृहक्षेत्रमा आएका कारण उनीहरुलाइ सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->