शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका २२४ जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण

स्याङ्जाका २२४ जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७९, शनिबार

स्याङ्जा/थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा खर्च विवरण नबुझाउने ९१५ जनाले जरिवाना तिर्नुपर्ने भएको छ ।

५ नगरपालिका र ६ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जामा ५३८ जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय जनाएको छ । स्याङ्जामा ५ नगरपालिकामा प्रमुख र उपप्रमुख पदका १७ जना र ६ गाउँपालिकाका २४ जनाले निर्वाचनको खर्च विवरण समयमा बुझाएका छैनन् ।

खर्च विवरण नबुझाउने प्रमुख÷उप प्रमुखमा गल्याङ नगरपालिकाका प्रमुख पदका उम्मेदवार घनश्याम भट्टराई, हरिप्रसाद भण्डारी, उपप्रमुख पदका उम्मेदवार देवीसरा थापा, हेमाकुमार तराङ र पूर्णकला भट्टराई, चापाकोट नगरपालिकाको प्रमुख पदका उम्मेदवार देवबहादुर खाँण, राजु कोइराला, उप्रमुख पदका उम्मेवार इशा राना, सृष्टि मल्ल र लिलाकुमारी आले, पुतलीबजार नगरपालिकाकी उप्रमुख पदकी उम्मेदवार आस्था नेपाली, भिरकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोविन्दकुमार कर्माचार्य, नरभूपाल दमाई र उपप्रमुख पदका उम्मेदवार भगवती रेग्मी, वालिङ नगरपालिकाको प्रमुख पदका उम्मेदवार नित्यानन्द तिवारी, राजेन्द्रप्रसाद गैह्रे र उपप्रमुख पदका उम्मेवार जीवनकुमार गुरुङ रहेका छन् ।

यस्तै अर्जुन चौपारी गाउँपालिकाका अध्यक्षका उम्मेदवार चिनमाया गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार टंकप्रसाद खनाल, दुर्गाकुमारी विक, एकनारायण काफ्ले, आँधिखोला गाउँपालिकाबाट अध्यक्षका उम्मेदवार प्रेमराज पौडेल, हरिप्रसाद ढकाल र उपाध्यक्ष पदका उम्मेदवार मीनादेवी शर्मा (ढकाल) र मञ्जु गुरुङ, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद भट्टराई, दिलस थापा, उदय न्यौपाने, फेदीखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अर्जुन खत्री र उपाध्यक्षका उम्मेदवार इश्वरी थापा कार्कीले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन्् ।

निर्वाचन कार्यालयका अनुसार विरुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार सूर्यबहादुर कुँवर, डोलराज पोखरेल, हेमन्त थापा मगर र उपाध्यक्ष पदका उम्मेदवर भगवती शर्मा, साहना थापा, हरिनास गाउँपालिकाका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धर, टोपबहादुर भुजेल, ऋषिराम लम्साल, रुद्रबहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार इन्द्रकुमारी थापा राना, मिठु लम्सालले पनि खर्च विवरण बुझाएका छैनन् ।

यहाँ ५१२ जना निर्वाचित भएकोमा २२४ जनाले खर्च विवरण नबुझाएकोमा भिरकोट नगरपालिका प्रमुख गोबिन्द कुमार कर्माचार्य र उपप्रमुख भगवती रेग्मी, चापाकोट नगरपालिका प्रमुख देवकुमार खाणँ र उप प्रमुख इशा राना, विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कँुवर र उपाध्यक्ष भगवती शर्मा र हरिनास गाउँपालिका अध्यक्ष खिबबहादुर मानन्धर र उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले समेत खर्च विवरण नबुझाएका हुन् । जरिवाना तिर्नुपर्नेमा नेकपा एमालेका ३३९, नेपाली कांग्रेसका ३२५, माओवादी केन्द्रका १०२, राप्रकाका ६३, मंगोल नेशनल पार्टीका ४१, एकीकृत समाजवादीका १३, स्वतन्त्र उम्मेदवार १३, जसपा आठ , जनमुक्ति पार्टीका पाँच र जनता दलका तीनजना रहेका छन् ।

खर्च विवरण नबुझाउनेहरुले खर्च गर्ने सीमा क्षेत्र बराबरको जरिवान तिर्नुुपर्ने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बताए । खर्च विवरण नबुझाउनेबाट १७ करोड ५४ लाख रुपियाँ रकम जरिवान असुल हुने र जरिवाना नबुझाउनेले ६ वर्षसम्म निर्वाचनमा उठ्न नपाउने मरासिनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->