शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

खानेपानीको पाइप चोरीको आरोपमा वडा सदस्य सहित चार पक्राउ

खानेपानीको पाइप चोरीको आरोपमा वडा सदस्य सहित चार पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • असोज ९ २०७९, आइतबार

पोखरा /कास्कीको मादी गाउँपालिका वडा नं. ७ काउरेडाँडामा खानेपानीको पाइप चोरी गरेको आरोपमा वडा सदस्य सहित चार जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

थाकखोला खानेपानी संस्थानको पाइपहरु चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले ग१त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी ५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो ।

पक्राउ पर्नेमा मादी गाउँपालिका ७ थाकका ३५ वर्षिय रमेश गुरुङ, २६ वर्षिय निरज तामाङ सोही स्थानमा घर भइ हाल पोखरा १० रामबजार बस्दै आएका ३४ वर्षिय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका ८ घरभइ हाल पोखरा १३ कसेरी बस्दै आएका २३ वर्षिय रिदम भनिने सुनिल परियारलाइ पक्राउ गरेको हो ।

खरजंग गुरुङ मादी गाउँपालिका वडा १ का वडा सदस्य हुन् । उनीहरु विरुद्ध चोरी तथा डाँका मुद्धादर्ता गराइ थप अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपि सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->