शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गाडी आउँदैन् बाध्यताले सेतीमा फोहोर फाल्नुपर्छ: घाइते

गाडी आउँदैन् बाध्यताले सेतीमा फोहोर फाल्नुपर्छ: घाइते


  • विजय नेपाली
  • असोज १० २०७९, सोमबार

पोखरा / पोखरा महानगरपालिका वडा १७ महतगौडाँमा सेती नदीमा फोहोर फाल्न जानेक्रममा भिरमा खस्दा एक वृद्ध घाइते भएका छन् ।

गएराती फोहार फाल्न जानेक्रममा भिरबाट खस्दा मातृका भण्डारीको ढाडमा चोट लागेको हो । राती करिब साढे सात बजेको समयमा फोहार फाल्न जादा खसेका हुन् ।

उनको करिब ४ घण्टापछि उद्धार गरिए पोखरा ८ सृर्जनाचोक स्थित मेट्रोसिटि अस्पतालमा उपचार भएको छ । थप उपचारका लागि उनलाइ काठमाडौं लाने तयारी भइरहेको छ ।

आफुहरुले नचाहँदा नचाहँदै पनि सेतीमा फोहोर फाल्न बाध्य भएको घाइते भण्डारीले बताए । उनका अनुसार मदनआश्रीत टोलमा फोहोर उठाउने महानगरको गाडी आउँदैन् ।

(सेतीभीरमा अड्कीएको करिब ४ भण्टापछि शसस्त्र प्रहरीबलको टोलीले उद्धार गर्दै ।)

विगत १ वर्षभन्दा अघिदेखी उक्त टोलमा महानगरको फोहोर उठाउने गाडी जान छाडेको हो । पोखराको पृथ्वीचोक, राष्ट्रबैंक चोक देखिको फोहोर समेत कुलोले बगाएर सोही क्षेत्रमा ल्याउने गर्छ ।

महानगरको फोहोर उठाउने गाडी भने आउन नमानेको उनले बताए । भण्डारीले घरमा फोहोर थुप्रिन थालेपछि २ दिन अघिबाट मात्रै सेतीमा फोहोर फाल्न थालेको बताए ।

‘मैले २–३ दिनमात्रै भयो त्यहाँ फोहोर फाल्न गएको । खै कसरी खसे थाहा छैन् । करिब एक घण्टापछि मात्रै होस आयो अनि घरमा फोन गरेर बोलाए’ उनले भने,‘हामी रहर वा कर तिर्नपर्छ भनेर सेतीमा फोहोर फाल्न गएका होइनौँ । हाम्रो तर्फ गाडी नै आउँदैन त कहाँ लानु ?’

उक्त क्षेत्रमा मदनआश्रीत आमा समूहले फोहोर फालेमा कारवाही गर्ने नियम बनाएको छ । दिउँसोमा त्यहाँ फोहोर फाल्न कोही जादैनन् तर रातको समयमा भने ५–६ जनाको टोली नै बनेर फोहोर फाल्न आउने गरेको आमा समूहकी अध्यक्ष सावित्री संघौलाले बताइन् ।

(फोहोर उठाउन जान नमान्ने मदनआश्रीत टोल जाने बाटो साथै कुलोले बगाएर ल्याएको फोहोर )

महानगरको गाडी कालोपत्रे सडमा मात्रै गुड्ने गरेको उनको भनाइ छ । उनले करिब डेढ वर्ष अघि सोही टोलको पुछारमा गाडी फसेको र त्यसपछि भने आउन छाडेको सुनाइन् ।

पहिला बाटो निकै हिलो हुनेगरेपनि अहिले भने ढु®ा हालेर बीचसम्म जानमिल्ने बनेको छ । ‘गाडी फस्ने बाहाना मात्रै हो ।

गाडी फस्ने ठाउँसम्म जानै पर्दैन बीचमा आएर सूचना दिए हामी सबैले त्यही बोकेर ल्याउँछौ’ उनले भनिन्,‘ सद्यैं बहानामात्रै बनाउनु हुन्छ वहाँहरु । कहिले कार्ड बनेको छैन भन्छन् त कहिले के ।

मैले कार्ड बनाउन गाडीबाट झर्नुस न भन्दा मेरै घरको फोहोर पनि उठाएनन् ।’ पहिलाको जस्तो असहजको बाटो नरहेको उनले बताइन् ।

संघौलाका अनुसार घाइते भण्डारी समेत पटक पटक फोहोर उठाउनका लागि आग्रह गर्दै वडा धाउने काम गरेको सुनाइन् । ‘हिजो खस्नुभएको बुबाले ३ दिनअघिमात्रै वडामा फोहोर व्यवस्थापन गर्नका लागि जाने भन्नुभएको थियो ।

मैले नभ्याउनेभएपछि उहाँलाइ जान भनेको थिए तर पछि जानुभयो की नाइ मलाइ थाहा भएन’ त्यसैमा थपिन्,‘हामी आमा समूहले पनि त्यहाँ फोहोर फाल्न रोकेका छौ ।

(फोहोर फालिने स्थान ।)

तर रोकौ पनि कसरी घरमा थुपारेर राख्ने कुरा भएन ।’ स्थानीय मूना श्रेष्ठले फोहोर उठाउने गाडीलाइ भन्दा भन्दै वाक्क भएर आफुहरु नदीमा फोहोर फाल्न जान बाध्य भएको बताइन् ।

उनको घर नजिकैबाट गाडी सहजै फर्काउन मिल्छ । त्यहाँसम्म गाडी आउँदा कुनै समस्या समेत रहदैन । तर गाडीवालाको दादागिरीका कारण स्थानीयहरुले सास्ती खेप्न बाध्य भएको उनले बताइन् ।

‘हामीले कर तिर्छौ भनेकै छौँ । हामीले दिनुपर्ने रकम उनीहरु (फोहोर उठाउन आउने गाडी) लाइ दिन्छौ भनेकै छौँ तर अगाडीको पिच बाटोसम्म आउने हाम्रोमा किन नआउने ?’ उनले भनिन् । उनले वडामा समेत हार गुहार गर्दागर्दै थाकिसकेको बताइन् ।

यस्तै गोमा भण्डारीले आफुहरुको घर अघि गाडी आउने गरेपछि भित्रिबाटोमा भने कहिल्यै नगएको बताइन् । उनले आफुहरु आमा समूहमा रहेको र फोहोर व्यवस्थापनका लािग पटक पटक छलफल गरेपनि समस्याको समाधान हुन नसकेको बताइन् ।

कुहिने बस्तुलाइ मल बनाउने र प्लाष्टिक जन्य र नकुहिने वस्तु कतिपय जलाउने गरेपनि पानीले बगाएर आउने फोहोरका कारण टोल दुर्गन्धित हुनेगरेको सुनाइन् । गाडीवालाको दादागिरीको अघि टोलबासीको केही नचलेको उनीहरुको आरोप छ ।

पोखरा महानगरपालिका सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले आफुहरुलाइ उक्त समस्याको बारेमा थाहा नपाएको बताइन् ।

उनले फोहोर व्यवस्थापनका लागि प्रत्येक वडाबाटै गर्ने गरी महानगरपालिकाले व्यवस्थापन गरेको उनको भनाइ छ । उक्त क्षेत्रमा पोखरा फोहोर मैला व्यवस्थापन प्रा.लि.ले फोहोर व्यवस्थापन गर्दै आइरहेको उनले जानकारी दिइन् ।

उनले आफुले खबर पाएको र भोलिबाट नै समस्याको समाधान हुने प्रतिबद्धता समेत व्यक्त गरिन् । ‘पहिला थाहा थिएन ।

हजुरले भनेपछि मात्रै थाहा पायौँ यो समस्या भोलिबाट नै समाधान हुन्छ । गाडी जानमिल्ने स्थानसम्म गाडी जान्छ’ उनले भनिन् ।

महानगरभित्रका कुनैपनि क्षेत्रको फोहोर व्यवस्थापनमा वडालाइ जानकारी गराउने र त्यहाँबाट समाधान नभए महानगरको सरसफाइ शाखामा खबर गरे तत्कालै समाधानको प्रयास थालिने बताइन् । उनले फोहोर व्यवस्थापन कम्पनीसँग समेत कुरा गरेको र समस्याको समाधान गर्ने बताएको सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->