शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

यी हुन् गण्डकीमा काँग्रेसका समानुपातिक उम्मेदवारहरु

यी हुन् गण्डकीमा काँग्रेसका समानुपातिक उम्मेदवारहरु


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७९, सोमबार

पोखरा – गण्डकी प्रदेशसभाका लागि नेपाली कांग्रेसका समानुपातिकतर्फको उम्मेदवारमा पार्टीका गण्डकी सभापति शुक्रराज शर्मा पहिलो नम्बरमा छन् । मुख्यमन्त्रीको दाबी गरिरहेका शर्माको नाम खस-आर्य समूहबाट कांग्रेसको समानुपातिक सूचीमा पहिलो नम्बरमा छ ।

मुख्यमन्त्रीका अर्का दाबेदार ध्रुव वाग्ले पनि समानुपातिक उम्मेदवार बनेका छन् । यी दुई नेता सुरक्षित तवरले समानुपातिकबाट निर्वाचित बनेर मुख्यमन्त्री बन्न चाहन्छ्न् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा शर्मा कास्की क्षेत्र नम्बर ३ मा एमालेका जगत विश्वकर्मासँग हारेका थिए । वाग्लेलाई तनहुँ प्रदेश सभा निर्वाचन २ `ख´ मा किरण गुरुङले हराएका थिए ।

कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेकाहरुमा किरणबाबु श्रेष्ठ, अशोककुमार श्रेष्ठ, कृष्णशंकर श्रेष्ठ, देवेन्द्र गुरुङ, कर्मा गुरुङ, रेखा गुरुङ, विमला गौचन थकाली, अस्मिता गुरुङ, सुनिता थापा मगर, खगिसरा गुरुङ, सीमा कर्माचार्य, शुक्रराज शर्मा, ध्रुव वाग्ले, डोलबहादुर खड्का, ओम सापकोटा, कल्पना तिवारी, हीरादेवी शर्मा, चिनु पोखरेल, रंगिला आचार्य, कमला लामिछाने, सागर परियार, भीमसेन दमाई, टीका बस्याल र तुलसा नेपाल छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्षबाट र २४ जना समानुपातिकबाट निर्वाचित हुन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->