बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अहिलेको निर्वाचन अधिनायकवादबाट अग्रगमनतर्फ जाने अभियान : नेता पौडेल

अहिलेको निर्वाचन अधिनायकवादबाट अग्रगमनतर्फ जाने अभियान : नेता पौडेल


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

दमौली / नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउने क्रममा आयोजित सभालाई छोटो सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने अभियान भएको बताए ।

उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमतसंग्रह पनि हो ।’ पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउँदै भ्रष्टाचार विकृति, विसंगतिलाई हटाएर आमनागरिकमा आशा संचार दिन चाहेको बताए ।

पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए । उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टाचार, विकृति हो । म त्यो भ्रष्टाचारको उन्मूलन गरेर जनतामा आशा जगाउने छु । मैले यही प्रण गरेको छु ।’

पौडेलले गाउँमा सबै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताए । उनले भने, ‘२०४८ सालमा यही विचारी चौतारामा उभिएर बोलेको थिएँ । विकासलाई गाउँ गाउँमा पुर्‍याएर गाउँमा नै बसौं बसौं बनाउन चाहन्छौं भनेको थिएँ । तर विकासले मात्र गाउँमा मन फर्काउन नसकिने रहेछ । गाउँ बसौं बसौं बनाउनका लागि आम्दानी र रोजगारी गाउँमै पुर्‍याउन आवश्यक रहेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->