बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निर्वाचन अधिकृतको कार्यालय नवलपुरको कार्यकक्षमै ठेलमठेल

निर्वाचन अधिकृतको कार्यालय नवलपुरको कार्यकक्षमै ठेलमठेल


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०७९, बुधबार

नवलपुर/ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भनाभन सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालय नवलपुर तनावग्रस्त बनेको छ । उमेद्वारी फिर्ताका बिषयमा दुई पार्टीका नेता कार्यकर्ताबीच निर्वाचन अधिकृतको कार्यकक्षमानै भनाभन भएको हो । बिबाद बढ्दै गएपछि निर्वाचन अधिकृतको कार्यकक्षमा पुगेका कांग्रेस, एमाले कार्यकर्ताले ठेलमठेल गरेका थिए ।

कडा सुरक्षा घेरा तोडेर पार्टीका कार्यकर्ता निर्वाचन अधिकृतको कार्यकक्षमा बिबाद गर्न थालेपछि काम प्रभावित भएका छन् ।
मनोनयन फिर्ताको समय १ बजेसम्म भएकाले उम्मेदवारी फिर्ता लिन तोकिएको समय भित्र नआएकोले उम्मेदवारी फिर्ता रोक्न एमाले निकट युवा कार्यकर्ताले चर्को आवाज उठाएका छन् । नवलपुर क्षेत्र नं. २ मा सत्ता गठबन्धन दलमध्ये काँग्रेसका बिष्णुकुमार कार्की र माओवादी केन्द्रका किसन शर्माले आईतवार मनोनयनदर्ता गराएका थिए । आज मनोनयन फिर्ता लिने दिन माओवादी केन्द्रका किसन शर्मा आफ्नो मनोनयन दर्ता फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।

सिट बाँडफाँटका क्रममा नवलपुरको क्षेत्र नं. २ माओवादी केन्द्रको भागमा परेको थियो । कार्कीलाई नै टिकट दिनुपर्ने स्थानीय काँग्रेस नेता–कार्यकर्ताको चर्को दवाव र दुई दलबीचको सहमतिपछि शर्मा उम्मेदवारी फिर्ता लिन गएका हुन् ।

यसैबीच, प्रदेशतर्फ १ क मा मनोनयन दर्ता गरेका विष्णु प्रसाद लामिछानेले भने उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धनमा माओवादीलाई परेको प्रतिनिधि सभातर्फको टिकट काँग्रेसका उम्मेदवारलाई छाड्ने सहमति भएपछि काँग्रेसलाई परेको प्रदेश तर्फको क्षेत्र नं. २ ख मा माओवादी केन्द्र काउम्मेदवार लाई छाडेको हो ।
लामिछाने निवर्तमान गण्डकी प्रदेश सभा सदस्य हुन् भने गण्डकी प्रदेश बिधायन समितिका सभापति समेत हुन् । उनी पार्टीका गण्डकी प्रदेश कार्यसमितिका महामन्त्री पनि हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->