बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७९, मंगलबार

तनहुँ / तनहुँको ब्यास नगरपालिका-१२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६.३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोली तर्फ परिचालन गरिएको जानकारी दिए । बालकको शवलाई घटनास्थलबाट मुचूल्का गरेर दमौली ल्याउने प्रयास भइरहेको उनले बताए ।

गत कार्तिक ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।

तनहुँको बन्दिपुर, भानु र ब्यासमा चितुवा आक्रमणको बिगबिगी छ । ती पालिकाहरुमा दर्जनभन्दा बढि बालबालिकाहरुले ज्यान गुमाईसकेका छन् भने केही घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->