म्याग्दी/ म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनाहरुलाई ६ महिनाभित्र सुचारु गराउने बताएका छन् ।
बेनीमा आयोजित विजय सभालाई सम्बोधन गर्दै गर्बुजाले पाँच वर्षको अवधिमा केन्द्र र प्रदेशको पर्याप्त वजेट भित्र्याएर जिल्लाका अधुरा विकास निर्माणका काम पूरा गर्नुका साथै विकासका नयाँ योजना र रोजगारीका अवसरहरु सृजना गर्ने वचनवद्धता व्यक्त गरेका हुन् । उनले अब जिल्लालले विकास निर्माणको क्षेत्रमा फड्को मार्ने दावी समेत गरेका छन् ।
प्रदेशसभा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका हरि भण्डारीले जनताले दिएको मतको उपेक्षा नहुने गरि काम गर्ने बताए । त्यस्तै, प्रदेशसभा (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका जिल्ला संयोजकसमेत रहेका रेशम जुग्जाली (सुविन) ले चुनावी अभियानका क्रममा जनतासंग गरेका बाचाहरु पूरा गर्न प्रतिवद्ध भएर लाग्ने बताए ।





