शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अन्तरघातको आरोपमा कुटपीट , एमाले कार्यालय तोडफोड

अन्तरघातको आरोपमा कुटपीट , एमाले कार्यालय तोडफोड


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७९, सोमबार

स्याङ्जा/ अन्तरघात गरेको भन्दै स्याङ्जा एमालेका कार्यकर्ताहरुबीच कुटाकुट भएको छ । यही उपक्रममा पार्टी कार्यालय तोडफोड गरिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले उम्मेदवार नारायणप्रसाद मरासिनीले हारेपछि अन्तरघात भएको भन्दै एउटा पक्ष मारपिटमा उत्रिएको हो । कुटपिटबाट एमाले जिल्ला कमिटि सदस्य तथा पुतलीबजार नगरपालिका वडा नं. १३ का ईन्चार्ज लक्ष्मीपति सुबेदी घाइते भएका छन् ।

४९ वर्षीय घाइते सुवेदीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । सुवेदीको टाउकोमा २ वटा टाँका लगाइएको छ भने स्थानीय मेडिकल र जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । सुवेदीमाथि सांघातिक आक्रमण हुँदा १८ वर्षीया छोरी विनिता सुवेदीसमेत घाइते भएको प्रहरी निरीक्षक पदम राज थापाले जानकारी दिए ।

छोरीको समेत टाउको, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको छ । बाबु माथी आक्रमण भएसगै बुबालाई जोगाउन जाँदा छोरीलाई चोट लागेको हो । अन्तरघातको आरोपमा कुटिएका सुवेदीले मरासिनी समर्थित युवाहरु डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

उजुरीपछि कुटपिटमा संलग्नको खोजिकार्य भइरहेको प्रनि थापाले बताए । सुवेदीलाई कुटपिट गर्नुपूर्व युवाहरुले एमाले स्याङ्जाको पार्टी कार्यालय तोडफोड गर्दा कार्यालयका कुर्सी, टेबल र झ्यालका सिसाहरु फुटेको एमाले स्याङ्जाले जनाएको छ । एमाले स्याङ्जाभित्र नारायण मरासिनी र पद्मा अर्याल खेमाबीच अन्तरघातको आरोप प्रत्यारोप चलेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->