बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

३६ जना महिलाको पाठेघरको अपरेशन

३६ जना महिलाको पाठेघरको अपरेशन


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७९, शनिबार

बागलुङ/धौलागिरि अस्पतालमा संचालित तीन दिने पाठेघरको अपरेशन शिविरमा ३६ जना महिलाले सेवा लिएका छन् ।
सेवा लिनेमा ३२ बर्षकी महिला देखि ८७ बर्षकी वृद्धा समेत छिन् । पाठेघर खसेर बर्षौदेखि समस्या भोगेका महिलाको अपरशेन मार्फत उपचार गरिएको अस्पतालकी नर्सिङ प्रमुख देवी भट्टराइले जानकारी दिइन् ।

बुधवारदेखि शुरु भएको शिविरमा ३० जना महिला आउने आंकलन गरिएको थियो । तर ३६ जना ले सेवा लिए । २ जनाको पोखरा रिफर गरिएको थियो । अन्य सम्पर्कमा रहेकाहरुपनि केहीलाई थाती राख्नुपरेको उनले बताइन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बिज्ञ डाक्टरहरु प्रेम पंगेनी, पद्म ढुगाना र राजेन्द्र अधिकारी सहित धौलागिरि अस्पतालका चिकित्सक र नर्स समेतको सहभागितामा शिविर सम्पन्न भएको थियो । शिविरकालागि नेपाल सरकारले दिएको प्रति अपरेशन १३ हजारमा अस्पताले ७ हजारका दरले थप गरेपछि २० हजार रुपैयाँको दरले खर्च गरिएको थियो । २०६५ सालको कार्यविधिको आधारमा उपचार गर्दा रकम अभाव भएको अस्पताल व्यवस्थापन समितिकी सदस्य लक्ष्मी जिसी कार्कीले बताइन् ।

खर्चको जोहो जे जसरी गरेपनि पीडा बोकेका महिलाको उपचार संभव भएको भन्दै सबै स्थानीय तह र अन्य सहयोगी हातले पन ियो अभियानमा सहयोग गर्नुपर्ने जिसीले बताइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->