बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कांग्रेस संसदीय दलको नेता बन्ने दौडमा विन्दुकुमार

कांग्रेस संसदीय दलको नेता बन्ने दौडमा विन्दुकुमार

सिनियर भएकाले शीर्ष नेतृत्वको पनि साथ पाउने थापाको जिकिर ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७९, शनिबार

पोखरा/वाम गठबन्धनका बाबजुद ०७४ को प्रदेशसभा निर्वाचनमा गण्डकी राजधानी कास्कीमा कांग्रेसको साख जोगाइदिएका विन्दुकुमार थापा कांग्रेस संसदीय दलकोे नेतामा आकांक्षा राखेका छन । कांग्रेस शीर्ष तहको नेतृत्व निकट मानिने थापालाई भावी मुख्यमन्त्रीको रुपमा समेत चर्चामा छन ।

गण्डकीमा ३६ प्रदेशसभा निर्वाचन क्षेत्र छन । ०७४ मा ती ३६ निर्वाचन क्षेत्रमध्ये कांग्रेस ६ सिटमा खुम्चिएको थियो । बाम गठबन्धनको लहरको बेलामा कास्कीका ६ प्रदेशसभा क्षेत्रमा कांग्रेसबाट जित्ने एक्ला सांसद उनै थापा हुन ।

प्रतिनिधीसभा निर्वाचनमा उमेदवार बनेको खण्डमा पनि सहजै टिकट पाउने थापा भने पाँच वर्षे प्रदेशसभाको अनुभव र प्रदेशले थालनी गरेका कार्यलाई अगाडि बढाउने भन्दै प्रदेशसभामा नै चुनाव लडेका थिए । लोकतान्त्रिक बाम गठबन्धनबाट उमेदवार बनेका थापाले सहजै चुनाव जित्दा प्रतिनिधीसभाका सबै क्षेत्र र प्रदेशसभाका चार क्षेत्र भने एमालेले जितेको थियो ।

प्रदेश राजधानीको सांसद तथा प्रदेशसभाको अनुभवनको आधारमा थापा सिनियर नेता मध्येमा नै पर्दछन् । हाल गण्डकीका बहालवाला कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री रहेका थापाले नै प्रदेशको राजधानी पोखरा र नाम गण्डकी राख्न संसदले गठन गरेको विशेष समितिका सभापति बनेर त्यसलाई सफल तुल्याएका थिए । कांग्रेसको शीर्ष नेतृत्वले समेत थापालाई नै यसपटक मुख्यमन्त्रीको रुपमा अगाडि बढाउन खोजेको छ ।

हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेस एक्लैले १८ प्रत्यक्ष र ९ समानुपातिक सहित २७ सिट जितेको छ । गठबन्धनको अर्को दल माओवादीले प्रत्यक्ष ५ र समानुपातिक ३ गरी ८ सिट जितेको छ । स्वतन्त्र निर्वाचित युवा तथा खेलकुदमन्त्री दीपक मनाङे भने नेकपा एसमा प्रवेश गरेका छन ।

गण्डकीमा सरकार बनाउनको लागि ३१ सिट चाहिन्छ । गठबन्धनको सरकार बनेको खण्डमा सुविधाजनक बहुमत गठबन्धनसँगै छ । अर्कातर्फ प्रदेशको सबैभन्दा ठूलो दल भएको कारण मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरिरहेको छ । प्रदेशको दोश्रो कार्यकालको नेतृत्वका लागि थापा बलिया दाबेदार देखिएका हुन ।उनीबाहेक कांग्रेसबाटै सुरेन्द्रराज पाण्डे, महेन्द्रध्वज जिसी र भोजराज अर्यालले पनि आकांक्षा राखेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->