बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्याङजाको एउटै वडाबाट दुई दिदीबहिनी सांसद निर्वाचित

स्याङजाको एउटै वडाबाट दुई दिदीबहिनी सांसद निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७९, आइतबार

पोखरा/ समानुपातिक निर्वाचन प्रणालीबाट दलहरुले आफ्ना उमेदवारमध्येबाट सांसद चुन्दा स्याङजाको एउटै वडाका दुई दिदीबहिन सांसद बन्न पुगेका छन ।

शनिबार दलहरुले सांसदको सूची टुंग्याउँदा स्याङजाको वालिङ नगरपालिका ८ बाट नातामा दिदीबहिनी पर्ने सरस्वती अर्याल तिवारी र कल्पना तिवारी सांसद बनेका हुन । यी दुवैजनालाई कांग्रेसले गण्डकी प्रदेशको सांसद बनाएको हो । दुवैजना खसआर्य महिला क्लष्टरबाट सांसद बनेका हुन । खस आर्य महिलातर्फको १ नम्बर सूचीमा रहेकी सरस्वती अर्याल र ३ नम्बर सूचीमा रहेकी कल्पना दुवै ४७ वर्षका हुन ।

सरस्वती १४ औँ महाधिवेशनमा कांग्रेसकी केन्द्रिय सदस्य निर्वाचित भएकी हुन भने कल्पना कांग्रेसको गण्डकी प्रदेश उपसभापति समेत हुन ।

दुवैले सँगै राजनीति सुरु गरेतापनि ०६४ सालमा हालको संस्थापन समूहबाट सरस्वतीको नाम समानुपातिक सूचीमा परेको थियो । त्यसयता उनी सोही समूह (देउवा) मा लागिन । ०७४ को स्थानीय तह निर्वाचनमा वालिङ नगरपालिकाको उपमेयर बनेकी कल्पना भने इतर समूहकी हुन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->