बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एसिड आक्रमण विरुद्धकी अभियान्ता मुस्कानले कावासोतीमा गरिन् अभिमुखीकरण

एसिड आक्रमण विरुद्धकी अभियान्ता मुस्कानले कावासोतीमा गरिन् अभिमुखीकरण


  • खगेन्द्र पराजुली
  • मंसिर २९ २०७९, बिहिबार

नवलपुर/नवलपुर जेसीजले कावासोतीका दुई विद्यालयमा एसिड आक्रमण विरुद्ध कार्यक्रम गरेको छ । एसिड आक्रमण विरुद्धको अभियान सञ्चालन गर्दै आएकी विरगञ्जकी मुस्कान खातुनले आफ्ना अनुभव सहित किशोरी विद्यार्थीहरुसँग अन्तरक्रियात्मक अभिमुखिकरण गरेकी हुन् ।

खातुनले एसिड आक्रमण विशेष गरी किशोरीहरुमाथी हुने गरेको बताईन् । उनले किशोरावस्थामा आपराधिक मानसिकताका युवाले युवतीको सुन्दरताको लालचमा पर्ने र किशोरीबाट प्रेम प्रस्ताव अस्वीकार हुँदा प्राय यस्ता घटना हुने गरेको बताईन् ।

उनले यस्ता घटना धेरैजसो सिमान्तकृत परिवार वा घटनापछि समाजमा आवाज उठाउन नसक्ने, शक्तिको आडमा घटनालाई निस्क्रिय पार्न सकिने ठानेर आक्रमण हुने गरेको पाईएकोले ग्रामीण क्षेत्रका किशोरी युवतीहरुका साथै बिद्यार्थी उमेर समूहका छात्राहरु होसियार हुन्पर्ने बताईन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका सहायक प्रहरी निरिक्षक बिन्दु बिश्वकर्माले कानूनी कार्वाही लगायत पछिल्लो समय साइवरका माध्यमबाट अपराधमा बृद्धि भएकाले किशोरी युवतीहरु सतर्क रहनुपर्ने बताईन् ।

जेसीज नवलपुरको आयोजना तथा रोट्रयाक्ट क्लव अफ नवलपुर सिटी र जागृति बाल तथा युवा सरोकार नेपालको सह आयोजनामा शहिद स्मृति माध्यमिक विद्यालय र लुम्विनी आवासिय माध्यमिक विद्यालयमा भएका कार्यक्रमको अध्यक्षता नवलपुर जेसीजकी अध्यक्ष राधिका भुसालले गरेकी थिईन् ।

भुसालले किशोरी युवतीहरुलाई सचेतनाका लागि प्रभावकारी ठानेर जेसीजले सचेतनामूलक तथा उत्प्रेरणात्मक कार्यक्रमका रुपमा अभिमुखीकरण गरिएको बताईन् ।
कार्यक्रममा कावासोतीका सामुदायिक तथा संस्थागत विद्यालयबाट अन्तरक्रियामा सहभागी हुने किशोरी विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->