बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जैमिनीमा ‘एक माध्यमिक विद्यालय-एक अक्षयकोष’ अभियान

जैमिनीमा ‘एक माध्यमिक विद्यालय-एक अक्षयकोष’ अभियान


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७९, शुक्रबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय-एक अक्षयकोष’ अभियान सुरु भएको छ । गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्राबृत्ति उपलव्ध गराउने उद्धेश्यले सबै वडाका माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो ।

सामाजिक संस्था ‘हाम्रो जैमिनी संस्था’ले अक्षयकोष स्थापनाको पहिलो चरणको अभियान सुरु गरेको हो । दाताहरुकै सहयोगका भरमा अक्षयकोष स्थापना अभियान सुरु गरिएको संस्थाका संस्थापक छायादत्त चापागाईंले बताए ।

पहिलो चरणमा नगरपालिका–७ जैदीमा रहेको संस्कृत मावि, वडा नं. ८ छिस्तीमा रहेको जनकल्याण मावि, वडा नं. ६ अर्जेवामा रहेको जनकल्याण मावि, वडा नं. ५ बिनामारेमा रहेको सर्वोदय जनक मावि र वडा नं. ४ सर्कुवामा रहेको जनता माविलाई अक्षयकोषको रकम प्रदान गरिएको छ । संस्थाले विद्यालयमा नै रहने गरी प्रतिविद्यालय १५ हजार रुपैयाँ प्रदान गरेको छ ।

कोषबाट आउने बार्षिक व्याजबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने वा आवश्यकताका आधारमा जहेन्दार विद्यार्थीलाई विद्यालयले छात्राबृत्ति प्रदान गर्न सक्ने चापागाईंले बताए । संस्थाले दिएको थोरै पैसामा विद्यालयले अन्य स्रोतहरुको खोजी गरी कोष बृद्धि गर्न सक्ने उनले बताए ।

पहिलो चरणमा पाँचवटा मात्रै विद्यालयका लागिकोषको रकम प्रदान गरिएको भएपनि क्रमशः दशवटै वडाका एक एक वटा विद्यालयमा पु¥याईने उनले जानकारी दिए । संस्थाले नेपालमा र विदेशमा रहेका संस्थाका सदस्यहरुबाट स्वस्फुर्त सहयोग संकलन गरेर कोषका लागि पैसा जम्मा गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->