बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा तिन दिनमा २ गैंडा मृत फेला, गैंडाको आक्रमणबाट २ जना घाइते

नवलपुरमा तिन दिनमा २ गैंडा मृत फेला, गैंडाको आक्रमणबाट २ जना घाइते


  • खगेन्द्र पराजुली
  • पुष १ २०७९, शुक्रबार

नवलपुर / नवलपुरमा तिन दिनमा २ गैंडा मृत फेला परेका छन् । भने गैंडाकै आक्रमणबाट २ जना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको अमलटारी क्षेत्र अन्तर्गत कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा र लामीचौर पोष्ट अन्तर्गत गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दुई गैडा मृत भेटिएका हुन् ।

त्यस्तै, कावासोती १० का १९ बर्षिय किशोर र देवचुली ७ मा ६३ बर्षिय पुरुषलाई गैंडाले आक्रमण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बुधबार मृत फेला परेको हो ।

यस्तै, निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान एक पोथी गैंडा मृत फेला परेको हो ।

पोथी गैंडाको खुर–खाग सुरक्षित रहेको र वच्चा गैंडाको खाग नपलाएको अवस्थामा मृत भेटिएको तिवारीले वताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १० मा बुधवार गैंडाको आक्रमणमा परी कावासोती ३ का १९ बर्षिय समिर सुनार घाइते भएका हुन् ।

भने देवचुली ७ का ६३ बर्षिय चुकबहादुर तामाङलाई शुक्रवार गैंडाले आक्रमण गरी घाईते बनाएको छ ।

दुवै जनाको अहिले चितवनस्थित अस्पतालमा उपचार भैरहेको छ । उनीहरुलाई विहानीको समयमा गैंडाले आक्रमण गरेको प्रहरी कार्यालयका सूचना अधिकृत साजन शर्माले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज घना बन क्षेत्र र नारायणी किनारमा हुस्सु र कुहिरोले चिसो धेरै हुने, घाम ढिलो लाग्ने र जंगल क्षेत्रको घाँस भन्दा खेतीवालीको नरम घाँस गैंडाले धेरै मन पराउँदा घाम ताप्न, चिसोवाट जोगिन र आहाराका लागि हिउँदमा प्राय बस्ती पस्ने गर्छन् ।

यस्तै, हिउँदमा नारायणीको जलसतह समेत घट्दा सजिलै नारायणी पार गर्न सक्ने भएकाले बस्तीक्षेत्रभित्र प्रवेश गर्ने गैंडाको संख्या धेरै रहेको अनुमान गरिएको छ ।

स्थानीय पालिकाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । अध्यारो र बिहान बेलुकाको कुहिरोको समयमा खेतवारीतिर सकेसम्म ननिस्कन देवचुली नगरपालिकाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->