पोखरा / होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको अध्यक्षमा विरभद्र कडेल निर्वाचित भएका छन् ।
बिहिबार सम्पन्न एशोसिएसनको १५ औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशनले आगामी कार्यकालका लागि कडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका छन् ।
अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष पदका लागि भने मतदान भएको थियो । कडेलले पदम प्रसाद लामिछानेलाई हराउँदै आगामी कार्यकालका लागि निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा कमल लामिछाने, महासचिवमा सुरेस लामिछाने, सचिवमा विष्णुहरि सुवेदी र कोषाध्यक्षमा शक्तिश्री कोईराला सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसैगरि सदस्यमा अर्जुन भण्डारी, मुक्ति सुवेदी, जमुना लामिछाने, रुपसरा लालचन, प्रकाश सापकोटा र शंकर कडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
आमन्त्रीत सदस्यमा हरिवावु थापा मगर र सञ्जिव जलारी रहेको निर्वाचन संयोजक दुर्गा अधिकारीले जानकारी दिए ।
त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेखनाथमा रहेका ताल तलैयाको उचित रुपमा संरक्षणमा जोड दिनुपर्ने बताए ।
उनले लेखनाथको आकर्षणको केन्द्रको रुपमा रहेको प्राकृतीक स्रोत र साधनको स्वरुप नविग्रने गरी पर्यटनलाई लोभ्याउन सक्ने खालका योजना लिएर हिड्न सबैले पहलकदमी गर्नुपर्नेमा जोड दिए ।
पोखरामा रहेका सवै तालहरुलाई जोड्ने सडक निर्माण गर्ने र ताल तलैयालाई पर्यटन आर्कषणको केन्द्र बनाउनका लागि तालको उचित रुपले मापदण्ड कायम गरि पर्यटन प्रवद्र्धनमा जोड दिनेखालका योजनामा अघि बढ्न महानगर तयार रहेको बताए ।
होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ का वडाअध्यक्ष ढकनाथ कडेल, सस्थापक अध्यक्ष किरणराज खनाल,
पुर्व अध्यक्ष दामोदरभक्त थापा, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवि तिवारी र पचभौया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दिननाथ ढकाल लगाएतले तालको संरक्षण बिना पर्यटन प्रवद्धन हुन नसक्नेमा जोड दिएका थिए ।
एशोसियसनका महासचिव विनोदमणि लामिछानेले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष निल कुमारी थापा मगरले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । संस्थामा हाल एक सय ३४ व्यवसायी सदस्य रहेका छन् ।




