
गण्डकी प्रदेशमै पहिलो पटक देशकै श्रोत र साधनलाई प्रयोग गरेर स्याङजाका दुई सडक निर्माणलाई तीव्र रुपमा अगाडी बढाइएको छ ।
यहाँको वालिङबाट पर्वत गुल्मी जोड्ने बायाटारी उदियाचौर सेतीबेनी सडक र चापाकोट हिलाममरेङ सडकलाई नयाँ प्रविधि प्रयोग गरेर निर्माण तीव्र पारिएको हो । देशमै भएको गिट्टी, बालुवा, सिमेन्ट, रडको प्रयोग गरेर गण्डकी प्रदेशमै पहिलो पटक सडक ढलान गरिएको हो ।
एक निर्वाचान क्षेत्र ः एक सडक अन्तर्गत निर्माण गरिएको बायाटारी उदियाचौर सेतीबेनी सडक ढलानले वालिङ र गल्याङ नगरपालिका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन् । यहाँको १० किलोमिटर ढलान लुम्बीनि गजिन्द्र जेभी स्याङजाले २०७७ साउन १८ गते २०७९ माघ १५ गते सक्ने गरी सम्झौता गरेको थियो ।
३३ करोड ५४ लाख ३० हजार ७४६ रुपैयाँ लागतमा निर्माण कम्पनीले सम्झौता गरेको र ९५ प्रतिशत काम सकिएको पुर्वाधार विकास कार्यालय स्याङजाका प्रमुख सन्तोष अर्यालले बताए । यस्तै, शर्मा हाई हिमालय जेभीले चापाकोट हिलाममरेङ सडक २०७७ साउन २७ गते तीन वर्षमा काम सक्ने गरेर काम अगाडी बढाएको हो ।
१० किलोमिटर ९९० मिटर ढलान गर्ने गरी २९ करोड ६५ लाख ९३ हजार ९१३ रुपैयाँको लागतमा सझौता गरेको हो । चापाकोट हिलाममरेङ सडकको पचास प्रतिशत भौतिक र आर्थिक प्रगतिभएको अर्यालले जानकारी दिए । दुवै सडक ढलानमा आठर १० एमएमको फलामको डन्डी प्रयोग गरी मिक्स डिजाइन अनुसार एम ३० को गे्रडको कंक्रिटप्रयोग गरिएको छ । सडक १० इन्चको साढे चार देखि छ मिटरसम्म चौडा ढलानगरिएको इन्जिनियर सृजना शर्माले बताइन् ।





