शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा धान उत्पादनमा वृद्धि, उत्पादनको क्षेत्र घट्दै

स्याङ्जामा धान उत्पादनमा वृद्धि, उत्पादनको क्षेत्र घट्दै


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७९, शुक्रबार
शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेफाँटमा बाढीले सोत्तर बनाएको चैते धान । तस्बिर : विनोद ढुंगाना

स्याङ्जा /जिल्लामा यसवर्ष ६० हजार ७५९ मेट्रिक टन धान उत्पादन भएको हो । यहाँबर्खेधान ५६ हजार ४४ र चैते तथा हिउँदे धान चार हजार ७१५ मेट्रिक टन धान उत्पादन भएको हो ।

स्याङ्जामा यसवर्ष १५ हजार १४७ हेक्टर क्षेत्रफलमा बर्खेधान र एक हजार ७१२ हेक्टर क्षेत्रफलमा चैते (हिउँदे) धान लगाइएको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सोनी रानाले जानकारी दिए । यसवर्ष धान ३.८ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको उनको भनाइ छ ।

गत वर्षको तुलनामा जिल्लामा यसवर्ष धान उत्पादनको क्षेत्रफल भने घटेको देखिन्छ । गतवर्ष १६ हजार ८३० हेक्टर क्षेत्रफलमा बर्खेधान र १ हजार २४० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो । गत वर्ष वर्षे ३.७ मेट्रिक टन प्रति हेक्टर वर्षे धान र ३.६ मेट्रिक टन हिउँदे धानको उत्पादकत्व रहेको थियो ।

पछिल्लो समय खेतियोग्य जमिनको घडेरीकरण गरिनु, किसान धानखेतीबाट विस्तारै फलफूल जातका खेतीतर्फ लाग्नु जस्ता कारणले गर्दा क्षेत्रफल घटेको उनले बताए ।

खाद्य बाली भन्दा नगदेबालीतर्फ कृषकहरु आर्कषित हुँदा धान खेति हुने क्षेत्रफल घटेको हो । किसानहरु अहिले धान खेति छाडेर सुन्तला खेतिमा आर्कषित भएका छन् ।

स्याङ्जामा आर्थिक वर्ष २०७६/७७ मा १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएको थियो । पछिल्लो तीन वर्षको तुलनामा यो वर्ष उत्पादन हुने क्षेत्रफल घटेपनि पर हेक्टर उत्पाकत्व भने वृद्धि भएको देखिन्छ ।

स्याङ्जाका चापाकोट टार, जिमुहा, पकान, डौवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धान खेतीका दृष्टिले पकेट क्षेत्र हुन् । पछिल्लो समय उन्नत जातका धान लगाउने प्रचलन बढेको छ । विशेषगरी रामधान, सावित्री, खुमल ४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ जस्ता उन्नत धान लगाउने गरिन्छ ।

केही ठाउँहरुमा स्थानीय जातका पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायत जात पनि लगाउने गरिएको पाइन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गरेको बागबानी विकास अधिकृत रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->