म्याग्दी/ जिल्लाको बेनीन गरपालिका–७, मंगलाघाटबाट करिब एक महिनादेखि दुई बालक बेपत्ता भएकाछन् । बेनी स्थित प्रकाश माविमा कक्षा ५ र ३ मा पढ्ने ९ र ८ वर्षीय दुई बालक सुरज र इनसन छन्त्याल बेपत्ता भएको २५ दिन वितिसक्दा समेत अहिलेसम्म कुनै अत्तोपत्तो नभएको परिवारले जनाएको छ ।
म्याग्दीका रघुगंगा गाउँपालिका वडा नं ८ स्थायी घर भई बेनी बजारमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी नन्द कुमारीले छोरा बेपत्ता भएको लामो समयसम्म खोजी कार्य गर्दा समेत फेला नपरेको भन्दै उनीहरूको अवस्थाबारे पत्ता लगाई सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन् ।
‘मजदुरी गरेर घर फर्किँदा फेला परेनन्, केहीदिन खोज्दा समेत नभेटेपछि प्रहरीलाई जानकारी गराएको छु’, छन्त्यालले भनिन् । श्रीमानको मृत्यु भएपछि आफन्तको सहयोगमा बेनी आएकी नन्दकुमारीले ज्याला मजदुरी गरी छोराको लालनपालन तथा शिक्षादीक्षामा खर्च गर्ने गरेकी थिईन् । बेपत्ता दुई भाईको खोजी कार्यकालागि आफन्तलगायतका स्थानमा खोजीकार्य गरेपनि फेलानपरेको आफन्त तोरण बुढाथोकीले बताए ।





