पोखरा / गण्डकी प्रदेशसभाको सोमबार बसेको बैठकमा दुईवटा अध्यादेश टेबल भएका छन् । प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल गरेका हुन् ।
सभाध्यक्ष मित्रलाल बस्यालले बैठकमा प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाएपछि दुई अध्यादेश पेस गरिएको थियो । प्रदेशसभामा दुई अध्यादेश पेस गरेपछि बैठक स्थगित गरिएको थियो । प्रदेशसभाको अर्को बैठक पुस २९ गते बोलाइएको छ ।





