
स्याङ्जा/ सरकारले ८५ प्रतिशत अनुदान दिने सहमतिमा संचालनमा आएको देशकै पहिलो सुन्तला गे्रडिङ मेसिन बन्द गर्नु अवस्थामा पुगेको छ ।
सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जाको अर्जुन चौपारी १ मा रहेको सुन्तला गे्रडिङ मेसिन अनुदान नै नआएपछि बन्द बन्द हुने अवस्थामा पुगेको हो । सुन्तला उत्पादक फणिनारायण अर्यालले २०७४ सालतिर नेपाल सरकारबाट ८५ प्रतिशत अनुदानको आश्वासनपछि १५ प्रतिशत व्यक्तिगत लगानी थपेर मेसिन संचालन गरेका हुन् ।
सार्क फण्डले सहियोग दिनेगरी पोष्ट हार्बेष्ट निर्देशानलयसँग अनुदानको सभ्झौता गरेसगै अर्यालले नेपालै पहिलोपटक गे्रडिङ मेसिन ल्याएका थिए । ५८ लाख रुपैयाँमा मेसिन खरिद गरेर काम सुरु गरेका अर्यालयले सम्झौताको ४६ लाख ८१ ह्जार रुपैयाँ पाएका छैनन् ।
सरकारबाट सम्झौताको अनुदान नपाएपछि चार वर्ष पहिला मुक्तिनाथ विकास बैकबाट ७० लाख ऋण लिएर संचालन गरेपनि रकम नपाउँदा ऋण तिर्न समस्या भएको उनको भनाइ छ । मेसिन राख्ने भवन बनाउन ५० प्रतिशत अर्थात् १८ लाख निकासा भएपनि मेसिनको अनुदान भने पाँच वर्ष पुग्न लाग्दा पनि नपाएको उनको दुखेसो छ ।
सम्झौता भएको कार्यालय खारेज हुँदा नयाँ कार्यालय खोज्नै तीन लाख रुपियाँ खर्च गरेको बताउँदै अर्यालले अहिले बाली विकास तथा जैविक विविधता कार्यालय हरिभवनमा अनुदानको लागि छलफल भइरहेको जानकारी दिए । आफ्नो ८० रोपनी जग्गामा उत्पादन भएको सुन्तला र अन्यबाट लिएको सुन्तला गे्रडिङ गरेर बेच्दा आएको रकमले ब्याज तिर्न सकेको बताउँदै उनले सुन्तला बेचेर आर्थिक आर्जन गर्ने चाहना अधुरो भएको जिकिर पनि गरे ।
दैनिक १० देखि २० मेट्रिक टन सुन्तला ग्रेड्रिको क्षमता रहेको मेसिनबाट वार्षिक दुई हजार मेट्रिक टन सुन्तला गे्रडिङ भएको उनको भनाइ छ । ६५ मिटर लामो गे्रडिङ मेसिनले अटोमेटिक सुन्तला फखाल्ने, धुने, पुछ्ने, पोलिस गर्ने काम गर्छ भने सानोदेखि ठूलो गरी आठवटा ग्रेडमा सुन्तला छुट्याइन्छ ।





