बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

९१ औं जन्मोत्सव मनाउँदै कलाकार रञ्जितले भने,‘सिक्नका लागि प्रकृति नै गुरु हो’

९१ औं जन्मोत्सव मनाउँदै कलाकार रञ्जितले भने,‘सिक्नका लागि प्रकृति नै गुरु हो’


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७९, शुक्रबार

पोखरा /  कलाकार कृष्णगोपाल रञ्जितले ९१ औं जन्मोत्सव जन्मथलो पोखरामा मनाएका छन् ।

काठमाडौंमा बस्दै आएका रञ्जित जन्मोत्सव मनाउनका लागि पोखरा आएका हुन् ।

उनका भतिजाहरू वैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जित तथा बुहारीहरुले आफ्ना काकालाई पोखरा ल्याएर जन्मोत्सव मनाएका हुन्।

साइबोर्ड र होडिङ बोर्ड नेपालमा भित्र्याउने पहिलो व्यक्तिको रुपमा समेत परिचित रञ्जितले विरामी हुँदा चित्र कोर्न सिकेका थिए ।

प्रकृतिलाई आफ्नो गुरु मान्ने उनले ९१ औं जन्मोत्सव मनाउँदै भने, ‘मैले रातको समयमा देखिने पशुपतिको चित्र कोर्दै छु । त्यो पुरा गर्न भ्याएको छैन् । सिक्नका लागि विद्यालय वा क्याम्पस जानै पर्दैन प्रकृति नै गुरु हो ।’

रञ्जित परिवारका सदस्यहरुसहित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’, कविद्वय तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, शिक्षासेवी जर्ज जोन, कलाकार सुनील सिग्देलसहितका व्यक्तित्वहरुले कृष्णगोपाललाई जन्मोत्सवको शुभकामना प्रदान गरे ।

कलाकार रञ्जितले शिक्षासेवी जर्ज जोनसँग २०१० को दसकमा काठमाडौंमा भेटेको र सँगै एउटै इन्स्ट्च्यिुटमा काम गरेको सम्झना गरे ।

कमर्सियल आर्टिस्ट रञ्जित २८ वर्ष नेपाल वायुसेवा निगममा सेवा गरेका थिए । वायुसेवा निगमको लोगो आकाश भैरव रंग्याउने कलाकार उनै हुन् ।

९१ वर्षमा छँदा पनि अझै हसिला र फुर्तिला कलाकार रञ्जितले सय वर्षको जन्मोत्सव समेत पोखरामा मनाउने सुनाए । रमाइलो मान्दै उनले भने‘अब सय वर्ष पुगेपछि पनि पोखरा आउने हो । सय वर्ष मनाउने हो ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->