बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका डा.ढाकाकुमारलाई स्वास्थ्यमन्त्री बनाउन गण्डकीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका डा.ढाकाकुमारलाई स्वास्थ्यमन्त्री बनाउन गण्डकीको माग


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७९, शनिबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीवाट सरकारमा पठाउन गण्डकीका नेता कार्यकर्ताहरुले लबिङ सुरु गरेका छन् । गण्डकी प्रदेशबाट समानुपातिकमा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठलाई सरकारमा पठाउने र उनलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग यहाका सो पार्टीका नेताहरुले गरेका छन् । उनीहरुले पार्टी सभापति रबिलामिछानेसंगको भेटमा श्रेष्ठलाई मन्त्री बनाउन पर्ने माग गरेका हुन ।

खासगरी त्यो पार्टीमा बिषयगत बिज्ञलाई मन्त्री बनाउन पर्ने माग उठेको छ । रास्वपाले अब माग गरेका मन्त्रालयमा स्वास्थ्यमन्त्री श्रेष्ठलाई दिइनुपर्ने माग केन्द्रीय सदस्यहरुले राखेका छन । पार्टी सभापति रबि लामिछानेसंग भएको कुराकानीमा श्रेष्ठले गण्डकी प्रदेशवाट समेत मन्त्रीको प्रतिनिधित्व गर्नका लागि र स्वास्थ्य क्षेत्रको अनुभवका आधारमा आफुलाई मन्त्री पद दिन माग गरेको टेलिफोनमा बताए ।

‘आफु स्वास्थ्य क्षेत्रको जानकार रहेकाले स्वास्थ्यमन्त्री दिन माग गरेको छु साथीहरुको सल्लाह अनुसार मेलै दावी गरेको हु’ श्रेष्ठले टेलिफोनमा भने, ‘पार्टीले अब पाउने मन्त्रालयमा गण्डकी प्रदेशवाट समेत प्रतिनित्व दिन आफुले सभापतिलाई आग्रह गरेको छु ।’ रास्वपाका सांसद डा. श्रेष्ठ पेशाले बरिष्ठ चिकित्सक हुन । उनी त्यसपार्टीको गण्डकी प्रदेशका सभापति समेत हुन ।

साथीहरुको चाहाना र आफनो भावना सभापतिसंग राखेको छु श्रेष्ठले भने गण्डकी प्रदेशवाट समानुपातिकमा परेको मतका आधारमा आफुले त्यस्तो दावी गरेको उनले सुनाए । ‘श्रेष्ठ त्यसैपार्टीका सांसद डा. तोशिमा कार्की र डा. चन्दाकार्की भन्दा सिनियर हुन, हामी धेरैले उहालाई मन्त्री दिनपर्ने माग अघि सारेका छौ’ पार्टीका अर्का प्रभावशाली नेता राजन गौतमले भने, ‘पार्टी भित्रकै अन्य भन्दा सिनियर पनि भएकाले डा. श्रेष्ठलाई मन्त्री दिन माग गरेका छौ । श्रेष्ठ बिभिन्न सामाजिक क्षेत्रमा समेत काम गरेका अनुभवी ब्यक्ति हुन ।’

काठमाण्डौ बाहिरवाट समेत मन्त्री दिनपर्ने र जनजातीका हिसावले पनि श्रेष्ठलाई नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनपर्ने माग पार्टीमा उठेको छ । ;पार्टी भित्र पनि म सिनियर नै हु त्यसैले सबै परिस्थितीलाई मध्यनजर गरेर साथीहरुको सल्लाह अनुसार मैले मन्त्री मागेको हो; श्रेष्ठले भने, ‘स्वास्थ्य क्षेत्रको जानकार भएकाले मैले स्वास्थ्य मन्त्रालयनै मागेको छु उनले भने यो मन्त्रालयमा मेरो दावी स्वभाविक छ ।’

श्रेष्ठ पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानको सिनेट सदस्य समेत भएर काम गरीसकेका अनुभवि चिकित्सक हुन । उक्त पार्टीमा बिज्ञताका आधारमा मन्त्री र मन्त्रालय दिनपर्ने माग उठेदै आएको छ । गण्डकी प्रदेशवाट श्रेष्ठ र शिब नेपाली रास्पाको सांसद छन । दुबै कास्की जिल्लाका हुन । मन्त्रीको दावी गरेका श्रेष्ठ उक्त पार्टीको गण्डकी प्रदेश सभापति समेत हुन ।

२४ जनाको केन्द्रीय समिति रहेको रास्वपामा मन्त्री दावी गर्नेको संख्या बढेको छ । पार्टीले प्राप्त गरेको समानुपातिक मतका आधारमा मन्त्री पाउनुपर्ने भन्दै सांसदहरुले आवाज उठाएको नाम उल्लेख नगर्ने सर्तमा एक केन्द्रीय सदस्यले जानकारी दिए ।
रास्वपाले पछिल्लो समय सांसदहरुको बिज्ञताको आधारमा मन्त्रालय दिन पर्ने माग उठाउदै अँएका ति सदस्यले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा सर्मथन गरेर रास्वपाका सभापति रबि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीमा छन । रास्वपा पार्टीले उपसभामुख सहित कम्तीमा थप ३ वटा मन्त्रालय दिन पर्ने माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->