आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अन्तर्राष्ट्रिय बागलुङ समाजको संरक्षकमा महेन्द्र केसी

अन्तर्राष्ट्रिय बागलुङ समाजको संरक्षकमा महेन्द्र केसी


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७९, आइतबार

बागलुङ / अन्तर्राष्ट्रिय बागलुङ समाजले संरक्षकहरू चयन गरेको छ। अंग्रेजी नयां बर्ष २०२३ को पहिलो दिन आईतबार अन्तर्राष्ट्रिय बागलुङ समाजको दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता बसेको कार्यसमिति बैठकले बेलायतबाट महेन्द्र केसीलाई समाजको संरक्षकमा मनोनित गरेको हो । उक्त बैठकमा अन्य विभिन्न महत्वपुर्ण एजेण्डाहरुमा छलफल भएको समाजले जनाएको छ।

बागलुङे समाज बेलायतमा लामो समयमा काम गरेका केसी अन्तराष्ट्रिय बागलुङ समाजका संस्थापक संरक्षक थिए । समाज गठनका बेला विधान बनाउनेदेखि लिएर हालैको अघिवेशनमा निर्वाचन समितिमा बसेर समेत उल्लेखनीय भुमिका निर्वाह गर्नु भएको अध्यक्ष शर्माले बताए ।

बिदेशमा श्रम गरेर बचेको थोरै समयलाई स्वदेशमा आफ्नो जिल्ला केहि गर्नु पर्छ भनेर युवाहरूलाई हौसला दिने र आफु पनि सकृय रहने केसी नेपालमा छंदा समेत विभिन्न संघसस्थामा रहि आफ्नो कुशल छवि बनाई सकेका कारण पनि संरक्षकमा मनोनय गरिएको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->