बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीमा पोखरेल निर्वाचित, पत्रकार गिरी सम्मानित

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीमा पोखरेल निर्वाचित, पत्रकार गिरी सम्मानित


  • Dhorpatan News
  • पुष २५ २०७९, सोमबार

पोखरा / नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् ।

संघको २९ औं साधारण सभा तथा ११औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्धित्तिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवमा सञ्जय आचार्य, सहसचिवमा रामप्रसाद सुृवेदी र कोषाध्यक्षमा सूर्यमोहन आचार्य निर्वाचित भएका छन् ।

सदस्यमा दीपेन्द्र पोखरेल, सुजित गौतम, रमेश पौडेल, टिकाराम अधिकारी, प्रकाश प्रसाद पोखरेल, सुनिल सुवेदी, विष्णुप्रसाद पौडेल, दीपक सुवेदी, सकुन्तला पौडेल, लालवीर चौधरी, भुवन अधिकारी र डिप्लव केसी निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मानव सभ्यता संस्कारको बुद्धिलाई निखादै लैजाने महत्वपूर्ण माध्यम पुस्तक रहेको बताए ।

पुस्तक सभ्य समाजको शुरुवातदेखि अन्त्यसम्म रहने ज्ञानको भण्डार भएको उनको भनाई थियो । साथै पुस्तक तथा स्टेशनरी व्यवसाय त्यती सहज नभएको गण्डकी प्रदेश प्रमुख गुरुङले बताए ।

त्यस्तै साधारण सभाका सभाध्यक्ष बैकुण्ठ प्रसाद पौडेलले पुस्तक तथा स्टेशनरी व्यवसायलाई जोगाउदै कसरी अगाडी बढाउने भन्ने विषयमै केन्द्रीत रहेर अगाडी बढेको आफ्नो कार्यकालको अनुभव सुनाए ।

साथै सबैको महत्वपूर्ण भुमिकाले गर्दा आफ्नो कार्यकाल सफल भएको र साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा वर्षेनी गर्दै आएको उत्कृट तीन व्यवसायीलाई सम्मान गरिएको थियो ।

साथै यस वर्षबाट कास्कीमा क्रियाशिल पत्रकारिता गर्दै आएका एक जना पत्रकारलाई दोसल्ला, नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मानित उत्कृष्ट तीन व्यवसायीमा महासंघ कास्कीका पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारी, व्यवसायी कमला सुवेदी र भोलानाथ अधिकारीलाई सम्मान गरिएको थियोभने क्रियाशिल पत्रकारकोरुपमा गन्थन डटकमका समाचार प्रमुख राजु गिरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->