पोखरा/पोखराको पृथ्वीचोकबाट चरेस सहित एक युवा पक्राउ परेका छन् ।
शुक्रबार साझँ करिब साढे ६ बजेको समयमा कास्की प्रहरीले तिन किलोग्राम चरेस सहित ३५ वर्षिय विरेन शाहीलाई पक्राउ गरेको हो ।
प्रहरीले शंकास्पद अवस्थामा फेलापारी खानतलासी गर्दा रुकुम पुर्व पुथा उत्तर गंगा गाउँपालिका १२ का विरेनको साथबाट चरेस सहित मोबाइल समेत बरामद गरेको हो ।
उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको हो ।
उनीविरुद्ध लागुऔषध सम्बन्धि मुद्धामा अदालतबाट सातदिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।





