पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बीच बुधवार विहान बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा उनीहरु दुवै विच बधाई तथा शुभकामना आदान प्रदान गरिएको थियो ।
मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीले भारी मतसहित विश्वासको मत पाउनु भएकोमा बधाई दिएका थिए भने प्रधानमन्त्री प्रचण्डले अधिकारीलाई मुख्यमन्त्री बन्नु भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।
सो भेटमा उनीहरु विच गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, संघियताको कार्यान्वयन, विकास आयोजना लगायतका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछिको पहिलो भेटमा गण्डकी प्रदेशको समग्र विकासका सम्वन्धमा छलफल भएको मुख्यमन्त्री अधिकारीले वताए ।





