शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ठडियो आगलागीबाट ध्वस्त भएको विद्यालयको भवन

ठडियो आगलागीबाट ध्वस्त भएको विद्यालयको भवन

कक्षा ८ सम्म सञ्चालित विद्यालयमा १२० विद्यार्थीले अध्ययनरत ।


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७९, बिहिबार

बेनी /आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको १४ कोठे भवन ठडिएको छ । २०७३ फागुन २५ गते आगलागीबाट विद्यालयको १० कोठ भवन जलेर नष्ट भएपछि सरकारी तथा चन्दादाताको सहयोगबाट भूकम्पप्रतिरोधी, अपांगमैत्री, बालमैत्री सुविधासम्पन्न भवन बनेको हो ।

आगलागीबाट भौतिक संरचना पूर्णरुपमा ध्वस्त भएपछि पठनपाठनमा समस्या हुदै आइरहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको पहल तथा सरकारी अनुदानले समेत प्राथमिकता पाएपछि अहिले चिटिक्कको भवन बनेपछि पठनपाठनमा सहज भएको विद्यालयका प्रधानध्यापक रामप्रसाद शर्माले बताए ।‘आगलागीले अस्तब्यस्त भएको विद्यालय सहयोगबाट ठडिएको छ,भौतिक र शैक्षिक पूर्वाधार पर्याप्त भएका छन् । अब शैक्षिक गुणस्तरमा ध्यान दिन्छौँ’, प्रअ शर्माले भने ।

विद्यालयमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी हुँदा विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा सहितको १० कोठा भएको दुई तले भवन खरानी भएको थियो । भवनको अभावमा विद्यार्थी र शिक्षकले खेप्नुपरेको सास्तीलाई अन्त्य गर्ने विद्यालयको महाअभियानमा आर्थिक सहयोगले सम्भव भएको विब्यस अध्यक्ष सुमन बानियाँले बताए ।‘भौतिक संरचना पुननिर्माणले विद्यालयको स्वरुप फेरिएको छ, अव हामीलाई शैक्षिक योजनालाई कार्यान्वयन गर्न सहज हुन्छ’ अध्यक्ष बानियाँले भने । उनका अनुसार भवन निर्माणमा वैदेशिक तथा स्थानीय सहयोग ३९ लाख ७४ हजार २४२, ग्लोबल एजुकेसन फाउन्डेसनबाट ४१ लाख सहयोग, वडा तथा सरकारी अनुदान ९१ लाख ६५ हजार १६३ सहयोग प्राप्त भएकोमा जग्गा खरिद २२ लाख खर्च गरिएको छ । दुई तले १४ कोठे भवनमा काक्षाकोठा ८ वटा छन् । भवनमा बैठक कक्ष, पुस्तकालय, विज्ञान र कम्प्यूटर कक्षा, प्रअ कक्ष, ४ वटा अपाङ्गमैत्री शौचालय छ । त्यस्तै अपाङ्ग विद्यार्थीलाई सहज हुने गरी संरचना बनाइएको छ ।

यसैबीच पुनर्निर्माणको अभियानमा सहयोग गर्ने चन्दादाता सहित सरोकारवालालाईसम्मान गरिएको छ । ६३ औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशकी सांसद बिमला गौचनले सम्मान गर्दैसमुदायको आवश्यकतामा प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा धेरै काम भएको बताईन् । शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा राज्यको लगानी मात्रै पर्याप्त नभएकाले जनसहभागिता समेत आवश्यकता रहेको सांसद गौचनको भनाई थियो । सोही अवसरमा प्रवासबाट विद्यालयको पुनर्निर्माण अभियानमा सघाएका एनआरएनए आइसीसीका अध्यक्ष विनोद कुँवरले शैक्षिक क्षेत्रमा राज्यको लगानी प्रयाप्त नभएकाले शैक्षिक क्षेत्रमा सहयोग गर्ने दात्रृ निकायसँग सहकार्य गर्नुपरेको बताए । बालविकासदेखि कक्षा ८ सम्म सञ्चालित विद्यालयमा १२० विद्यार्थीले अध्ययनरत छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->