पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन् । प्रदेशसभाअन्तर्गत संसदीय दलको बैठकमा आज ३ बजे विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।
सरकारले विश्वासको मत लिएपछि अन्य प्रक्रिया अगाडि बढाउन सहज हुने मन्त्री सुन्दासले बताईन । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।
स्वतन्त्र सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ । केन्द्रमा कांग्रेसले विश्वासको मत दिएपछि प्रदेशमा पनि कांग्रेससँग विश्वासको मत माग्न मुख्यमन्त्री अधिकारीले कांग्रेसलाई पत्र पठाएका छन् ।
अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्रबाट निर्वाचित भई पछि नेकपा एसमा प्रवेश गरेका सांसद दिपक मनाङेको समर्थन थियो ।





