पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका छन् । पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत मागेका हुन् । ६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई स्वतन्त्रसहित ३३ सांसदको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
कांग्रेसले विश्वासको मत नदिने
नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । दलको नेता सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा बैठकमा वोल्दै कांग्रेसले मन दिने तर मत नदिने वताए । सो पार्टीको शुक्रवार विहान वसेको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । मुख्यमन्त्री अधिकारीले विहिवार कांग्रेसलाई चिठी लेखेरै विश्वासको मत मागेका थिए ।





