बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पक्षमा ३१ मत, विपक्षमा २७ मत, १ संसद अनुपस्थित


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७९, शुक्रबार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । प्रदेश सभाका ३१ सांसदले उनलाई विश्वासको मत दिएका छन् । मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ मत परेको छ । विपक्षमा २७ मत परेको छ । १ संसद अनुपस्थित भएका छन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि शुक्रबार संसद्‍मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो । मतदानमा ५८ सांसद सहभागी थिए ।

एमालेबाट जेष्ठ सदस्य मित्रलाल वस्याल सभाअध्यक्षको भूमिकामा थिए भने सांसद दिपक मनाङे अनुपस्थित थिए । एमालेका अधिकारीलाई माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->