स्याङ्जा/ जिल्ला प्रशासन कार्यालय स्याङजाले गुणस्तरहीन पेट्रोल बिक्री वितरण गरेको आरोपमा नेपाल पेट्रोलियम सप्लायर्सको पम्प सिल गरेको छ ।
सेवाग्राहीको गुनोसा आएपछि प्रसाशनले पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको पेट्रोलपम्प सिल गरेको हो । उक्त पेट्रोलपम्पको पेट्रोलका कारण सवारी साधनहरुमा खराबी आएको गुनासो आएसँगै पम्प सिल गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
पम्प सिल गरी नाप तौल विभाग र नेपाल आयल सप्लायर्सको टोलीले नमुना पेट्रोल लिइ परीक्षणको लागि लगेको क्षेत्रीले बताए ।
अनुसन्धानपछि दोषी देखिए कानुनी कारबाही अगाडी बढाइने प्रजीअ क्षेत्रीको भनाइ छ । तीन दिन अगाडीका पेट्रोलमा डिजेल मिसिएको स्वीकार गर्दै पम्पका संचालक केदार नेपालले कसरी मिसियो भने थाहा हुन नसकेको बताए ।
पम्पमा मिसावट देखिएको पेट्रोल सिल गरेपनि जनताको आवश्यकतालाई मध्यनजर गर्दै डिजेल भने खुला गरिएको प्रजिअ क्षेत्रीको भनाइ छ ।





