बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

आजै तेस्रो उडानका क्रममा दुर्घटनामा परेको हो यतीको विमान

आजै तेस्रो उडानका क्रममा दुर्घटनामा परेको हो यतीको विमान


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार

पोखरा / पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानले काठमाडौं-पोखरा रुटमा आइतबार बिहानै तीनचोटि उडान गरेको खुलेको छ। आइतबार जहाजले काठमाडौंबाट पोखरा पहिलो उडान गरेको थियो। विश्वभरका उडान ट्राक गर्ने  फ्लाइट राडार२४का अनुसार त्यसपछि उक्त जहाज पोखराबाट फेरि काठमाडौं आएको थियो।

त्यसपछि पुन: पोखराका लागि उडेकोमा विमानस्थलनजिकै सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। फ्लाइटराडार२४ का अनुसार दोस्रो पटक पोखरामा अवतरण गर्ने बेला जहाज दुर्घटना भएको हो।

सुरुमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट यतीको एटीआर ७२ विमान बिहान ८ः०५ बजे पोखरा उडान भरेको थियो। यति एयरलाइन्सको ९एनएनसी जहाज बिहान ८ः३१ मा पोखरा विमानस्थल अवतरण गरेको थियो। पोखराबाट ८ः५० मा उडेको विमान काठमाडौंमा ९ः१८ अवतरण गरेको थियो। फेरि ६८ यात्रु बोकेर काठमाडौंबाट १०ः३२ मा उडान गरेकोमा पोखरामा १०ः५९ मा दुर्घटना परेको फ्लाइटराडार२४ले देखाएको छ।

स्रोत : फ्लाइटराडार२४स्रोत : फ्लाइटराडार२४

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->