बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

यति एयरलाइन्सको विमान दुर्घटना: ६४ जनाको मृत्यु भएको पुष्टि

यति एयरलाइन्सको विमान दुर्घटना: ६४ जनाको मृत्यु भएको पुष्टि


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार
फाइल तस्वीर ।

पोखरा / पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ।

’३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’ मृतकमध्ये ५ जनाको सनाखत भएको केसीले जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५३ नेपालीसहित १५ विदेशी नागरिक दुर्घटनामा परेको जनाएको छ। ५३ नेपाली, ५ भारतीय, रसियन ४ जना रहेका छन्। कोरियन २ सहित आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक-एक जना रहेको प्राधिकरणले जनाएको छ।

एटीआर ७२ को जहाजमा चालक दलको सदस्यमा पाइलट कमल केसी र अन्जु खतिवडा रहेका छन्। सुजना होंगचुन, ओसिन आले मगर चालक दलको रुपमा विमानमा रहेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->