बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

विमान दुर्घटनास्थलमा ‘फोटो सेसन’ !

विमान दुर्घटनास्थलमा ‘फोटो सेसन’ !


  • वाशुदेव मिश्र
  • माघ १ २०७९, आइतबार

पोखरा / काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। पोखराको घारीपाटन नजिकै सेती नदीको खोँचमा एएनसी एटीआर–७२ विमान दुर्घटनामा परेसँगै केही स्थानीय उद्दारको लागि दौडिए,केहीले सामाजिक सञ्जालमा जल्दै गरेको विमानको भिडियो पोष्ट गरे।

तस्वीरहरु सामाजिक संजालभर छ्यापछ्याप्ती भए। यहाँसम्म त ठीकै थियो। तर, एकाएक घटनास्थलमा सर्वसाधारणको भीड लाग्यो। उनीहरुको कारण उद्दारमा कठिनाइ भयो। सेती खोंचबाट निकालिएका शवहरु शवबाहन पुर्‍याउन गाह्रो भयो। कतिसम्म भने सर्वसाधारणले एम्बुलेन्सलाई बाटो छाडेनन्।   

अहिले सामाजिक सञ्जालमा एउटा यस्तै तस्वीर चर्चामा छ। उक्त तस्बिरमा एक युवा जलिरहेको विमानलाई पार्श्वभागमा राखेर अर्को साथीको हातमा रहेको मोबाइल क्यामेराको लागि पोज दिँदैछन्। सायद उनले टिकटक बनाएको पनि हुनसक्ने अड्कलबाजी गरिएको छ।

सामाजिक सञ्जालमा उनको अमानवीय स्वभावप्रति रोष प्रकट गर्ने जमात पनि ठूलो छ। अधिकारकर्मी सुशन घिमिरेले रोष प्रकट गर्दै लेखेका छ्न्, ‘त्यसलाई भीरबाट खसाल्नुपर्ने।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->