बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

विमान दुर्घटना: ११ जनाको सनाखत, शव गण्डकी अस्पतालमा

विमान दुर्घटना: ११ जनाको सनाखत, शव गण्डकी अस्पतालमा


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार

पोखरा / पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । उनीहरुको शव स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा राखिएको छ ।

दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । दिउँसो ४:१५ बजेसम्म एक बच्चासहित ६४ जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान गर्ने प्रक्रिया सुरु भएको छ ।

शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएसँगै दिवंगत यात्रुका परिवारजनले प्रतिष्ठान परिसर भरिएको छ । अस्पताल परिसरमा दिवंगत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरै जसोको पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । विमानमा चालक दलकासहित ७२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->